दाङ शान्तिपूर्ण मतदान, प्रदेशसभामा ६६ प्रतिशत र स्थानीय तहमा ७२ प्रतिशत मतदान
दाङ,१४ मंसिर । दाङमा स्थानीय पूर्ण मतदान भएको छ । जिल्लाका दुई स्थानमा भएको उपनिर्वाचनमा शान्तिपुर्ण रुपमा मतदान भएको हो । उपनिर्वाचनमा एक प्रदेश सभा सदस्य र वडा अध्यक्ष पदका लागि आज मतदान भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्यका लागि भएको मतदानमा ६६.५३ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय दाङका अनुसार ६८ हजार सात सय १९ मतदाता मध्य ४५ हजार सात सय १८ मतदान भएको छ । जसमा २० हजार १ सय २८ पुरुष र २५ हजार ५ सय ९० जना महिलाहरुले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन ।
त्यस्तै स्थानीय तह अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १६ मा ७२.४४ मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार ४ हजार ४ सय ५३ मतदाता मध्य वडामा ३ हजार २ सय २६ मतदान भएको छ । जसमा एक हजार ८ सय ८ महिला र एक हजार ४ सय १८ जना महिलाहरुले मतदान गरेको सूचना अधिकारी कुँवरले जानकारी दिएका छन ।
उपनिर्वाचनका क्षेत्र नं.३ (ख) मा ३२ मतदान स्थलका ७७ वटा केन्द्र रहेका छन् भने घोराही १६ मा २ मतदान स्थलमा ५ केन्द्र रहेका थिए । दाङमा प्रदेशसभा सदस्य पदमा १४ जना र वडा अध्यक्ष पदमा ७ जना गरि २१ चुनावी प्र्रतिष्प्रर्धामा रहेका छन ।
निर्वाचन सकिएपछि अहिले मतपेटिकाहरु मतदान केन्द्रबाट घोराही ल्याउने काम भैरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन । उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ को मतगणना आजै सुरु गर्ने तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।