राप्तीमा पहिलो बौद्ध गुम्बा निर्माण सुरु

तिर्थराज ज्ञवाली
देउखुरी, २३ जेठ । देउखरीको राप्ती गाउँपालिकामा पहिलो पटक बन्न लागेको बौद्ध गुम्वाको शिलान्यास गरिएको छ ।

राप्ती गाउँपालिका–८ स्थीत कोहलुवाको श्रीनगरडाँडामा निर्माण कार्य सुरु गरिएको हो । शुक्रवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बौद्ध गुम्वाको शिलान्यास गरेकी छिन ।

पवित्र बौद्ध मन्त्रोच्चारणका साथ बौद्ध धर्मालम्वीहरुको पवित्र धार्मिक स्थलको रुपमा रहेकोे गुम्वाको सामाजिक दुरी कायम गर्दै शिलान्यास गरिएको हो ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, कार्यपालिका सदस्य विष्णु गुरुङ, श्रीनगर बौद्ध गुम्वा निर्माण समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय नागरिकलगायतको सहभागीतामा बौद्ध गुम्वाको शिलान्यास गरिएको हो ।

शान्तिका प्रतिक गौतम बुद्धको प्रतिमा स्वरुप मुर्तिसहितको गुम्वास्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य कोहलुवामा बौद्ध गुम्वा निर्माणका लागि शिलान्यास गरिएको बौद्ध गुम्वा निर्माण समितिका लुमबहादुर गुरुङले जानकारी दिएका छन ।

राप्ती गाउँपालिकाको करिव ८ लाख बढि रकमबाट निर्माण गर्न लागिएको गुम्वाको प्युठानस्थीत मल्लरानी निर्माण सेवाले असार मसान्तसम्म काम सम्पन्न गर्ने बताएको छ ।