तिर्थराज ज्ञवाली
मसुरीया, २२ जेठ । क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले राप्ती गाउँपालिकालाई व्यक्तिगत सरसफाईका सामाग्री उपलब्ध गराएको छ ।
कोभिड–१९ को कारण राप्ती गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्नेहरुका लागि सरसफाई सामग्री उपलब्ध गराईएको हो ।
सस्थाले गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई उक्त सामग्री हस्तान्तरण गरेको थियो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पोसिबिलिटिज नेपालकी विद्यार्थी संयोजक दिपा चौधरीले गाउँपालिकालाई कोरोना संक्रमण रोकथामको प्रयासमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको बताइकी थिइन ।
गढवा गाउँपालिकाको चैनपुरमा कार्यालय रहेको क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकालाई ६ सय पिस लुगा धुने सावुन र ६ सय पिस नुहाउने सावुन, २ हजार पत्ता स्याम्पु, २५ सय खानाखाने टपरी, पीपी फर्म ५५ मिटर, सेनेटरी प्याड १२० पिस, प्लास्टिक बाटा २० पीस, प्लाष्टिक गुन्द्री २५ पिस, प्लाष्टिक मग २० पिस र ५०० लिटर प्लाष्टिकको पानी टंकी प्रदान गरेको छ ।

बुधवारसम्म करिव ८ सय बढि नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन । क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकाको कोरना संक्रमण रोकथामका प्रयासहरुमा साथ र सहयोग गरेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले धन्यवाद व्यक्त गरेका छन ।
यसैविच राप्ती गाउँपालिका क्राईसेस म्यानेजमेन्ट कमिटीको बैठक विहिवार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको बैठकले पछिल्लो कोभिड १९ को अवस्था, क्वारेन्टानको अवस्था र गाउँपालिकाले सञ्चालन गर्दै आएको कोरना संक्रमण रोकथामका प्रयासका बारेमा जानकारी तथा छलफल गरिएको छ ।