जातीय भेदभाव जीववतै रहे परिवर्तन दिशाहिन बन्छ : बरिष्ठ नेता पौडेल

दाङ, २२ जेठ ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहार विरुद्द सशक्त साँस्कृतिक आन्दोलनको आबश्यकता औल्याएका छन् । रुकुममा भएको हत्यातर्फ संकेत गर्दै उनले जातीय भेदभावको कलँकलाई जीवितै राख्दा परिवर्तन दिशाहीन हुने बताएका छन् ।

बिहीबार एक बिज्ञप्ती मार्फत नेता पौडेलले भनेका छन्, ;हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने र जातीय भेदभावको कलँकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन बढी होनहार किशोरहरुलाई हत्या गरेर भेरीमा फाल्ने जस्ता जघन्य अपराध भै नै रहनेहो भने परिवर्तन दिशाहीन हुन पुग्छ । तसर्थ सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहार विरुद्द सशक्त साँस्कृतिक आन्दोलन चलाऔँ । लोकतन्त्रका पहरेदार कर्मशील बनौं ।’