देवी भण्डारी
दाङ,२१ जेठ । बबई गाउँपालिकाको क्वारेनटाईनमा रहेका १ सय १३ जनाको स्वाव संकलन गरिएको छ । बबई गाउपालिकाले संञ्चालन गरेका ४ वटा क्वारेनटाईनमा ४ सय १२ जना छिमेकी देश भारतबाट आएका बस्दै आएको बबई गाउपालिकाका हेल्थ असिष्टेन्ट शरदराज गिरीले जानकारी दिएका छन ।
भारतबाट आउनेहरुको चाप बढेसँगै पिसिआर परिक्षणमा ढिलाई हुदा व्यवस्थापनमा समस्या भएको उनले बताएका छन । क्वारेनटाईनमा चाप बढेसंगै व्यस्थापनमा सहजहोस भन्ने उदेश्यले सहयोग गर्नेहरु पनि बढ्न थालेका छन ।
क्वारेन्टाइनमा बस्नेहरुको सहजताका लागि हापुरेका व्यवसायीहरुले सहयोग गरेका छन् । सहयोग गर्नेहरुमा बबई गाउपालिका ५ हापुरेका रहेको यज्ञ टेर्डस एण्ड सप्लायर्सका सञ्चालक तिलाराम भण्डारीले ८ हजार ५ सय , परेकलाल बुढाले ८ हजार र चन्द्रबहादुर डागीले ८ हजार सुकयोग गरेका छन । उनीहरुले क्वारेनटाईनमा आबश्व पर्ने मिनिरल वाटर खरिदका लागी आर्थिक सहयोग गरेको बताएका छन ।