दिप्तीशिखा चौधरी
दंगीशरण, १८ जेठ । सहकर्मी समाज सुर्खेतले दंगीशरण गाउँपालिकाका किसानलाई तरकारीको वीऊ बितरण गरेको छ । दंगीशरण गाउँपालिका–३ का २९ घरधुरी र ४ का १९ घरधुरी जरी जम्मा ४८ घरधुरीलाई तरकारीको वीउ वितरण गरिएको हो ।
तरकारी रोप्ने समय सुरु भएसंगै समाजले किसानहरुलाई बोडी, टमाटर, सिमी, बन्दा, काउँली, खुर्सानी, साग, धनिया,मुलालगायतका बिउ वितरण गरेको सामाजिक परिचालक ईश्वरी कँडेलले जानकारी दिइन । समयमै तरकारीको बिउ पाएपछि किसानहरु खुसी भएका छन् ।
त्यसैगरी पालिकाको १ र २ नं. वडाका ६४ घरपरिवारलाई पनि तरकारीको बिउँ वितरण गरिसकेको छ भने अन्य वडामा पनि बिउँ वितरण गरिने सहकर्मी समाजले जनाएको छ । कोरोना संक्रमण फैलिएसंगै देशमा लकडाउनको समय थप हुदैँ जादा किसानहरु मर्कामा परेका बेला सहकर्मी समाजले विभिन्न जातका बिउँ वितरण कार्य अगाडि बढाएको छ ।
समाजले यस अघि पनि दंगीशरण गाउँपालिकाका विपन्न वर्गका नागरिकलाई खाध्यान्न स्वरुप धानको बिउँ वितरण गरेको थियो । दंगीशरण गाउँपालिकामा ७ वटै वडाका बिपन्न बस्तीहरुमा ५२ वटा सामुदायीक समूह र वडा स्तरमा ७ वटा मूल समिति गठन गरेर काम गर्दै आएको सहकर्मी समाजले बिगत ३ बर्षदेखि बिकास कोष नर्वेको आर्थिक सहयोगमा “कोशेली” कार्यक्रम संचालन गर्दै आएको सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थीले बताए ।