कोरोना संक्रमित संख्या १२१२, एकैदिन थपिए १७० संक्रमित

दाङ,१६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन । उनका अनुसार झापा,रौतहट, कपिलवस्तु, बाँकेलगायतका जिल्लाहरुमा नयाँ संक्रमित थपिएका छन ।

कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुने छैठौ व्यक्ति अर्र्घाखाची जिल्ला भुमिकास्थान नगरपालिका–९ का एक युवक रहेका छन ।

उनी जेठ १० गते भारतबाट फर्कदै गर्दा मृत्यु भएको थियो । त्यसै गरी नेपालमा कोरोना संक्रमाणलाई जितेर घर फर्किनेहरुको सख्या २०६ पुगेको छ ।