दंगीशरणमा ३० जनाको रिपोर्ट नेगेटिभ

दिप्तीशिखा चौधरी
दंगीशण, १५ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेनटाईनमा बसेका मध्य ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमा २६ जना पुरुष र ४ जना महिलाहरु रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिएका छन ।

उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षण गरिएको थियो । पिसिआर प्रविधीबाट गरिएको स्वाव परिक्षणमा ३० जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले जानकारी दिए ।

त्यस्तै विरेन्द्र माध्यामिक विद्यालयमा रहेको क्वारेनटाईनमा बिहीवार मात्र २५ जनालाई भर्ना गरिएको छ । उनीहरु भारत र काठ्मान्डौँबाट आएका रहेका विरेन्द्र मावि क्वारेन्टाईन सयोंजक अनन्त चौधरीले जानकारी दिएका छन ।

क्वारेन्टाईन संयोजक चौधरीका अनुसार भर्ना हुनेहरुमा वडा नं १ का ३१, ४०, २१ , १८ र २१ बर्षका रहेका छन् । उनीहरु भारतबाट आएका हुन् ।
२ का २१, २६ , २३ बर्षका तीन पुरुष र १५ बर्षीय एक महिला गरी चार जना काठ्माडौंबाट आएका हुन् भने २६, १८ , १९ , १८ र १९ बर्षका पाचँ जना पुरुष भारतबाट आएको खुलेको छ ।

त्यस्तै वडा न ३ क १७, २० , ४५ बर्षका तीन जना पुरुष काठ्माडौंबाट आएका छन भने १८ , ४० र १७ बर्षका तीन पुरुष भारतबाट आएका बसेका छन ।

त्यस्तै वडा न ४ मा ६१ बर्षका एक पुरुष काठ्माडौंबाट आएका छन भने ४५, ५५ र २१ बर्षीय पुरुष भारतबाट आएका रहेका छन । त्यस्तै ५ मा २७ बर्षका एक पुरुष भारतबाट आएका हुन् ।

श्रीगाउँ स्थित श्री पृथ्वी जनता मावीमा रहेको क्वारेनटाईनमा १० जना थपिएका छन । थपिनेमा वडा न १ का २३ बर्षीय पुरुष, २० बर्षीय महिला र २ बर्षको बच्चा रहेको क्वारेन्टाईन संयोजक दिपक केसीले जानकारी दिएका छन् । वडा नं.६ मा भारतबाट आएका ४२ बर्षका पुरुष रहेका छन् । उनी भारतबाट आएपछि घरपरिवारसंग सम्पर्कमा रहेकाले उनका श्रीमती र चार जना छोराछोरीलाई पनि क्वारेन्टाईनमा राखिएको हो ।

त्यस्तै वडा न ६मा भारतबाट आएका २६ बर्षका एक पुरुषलाई पनि क्वारेनटाईनमा राखिएको संयोजक केसीले जानकारी दिएका छन । दगीशरणमा लकडाउन अवधिभर बाहिरबाट आउँने नागरीकहको संख्या बढ्दै गएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिएका छन् । पालिकामा क्वोन्टाईन निर्माण पश्चात ५३ पुरुष र ६ जना महिला गरि जम्मा ६० जना नागरिक भित्रिएको गाउँपालिकाले जनाएको छ ।