calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

उद्योगी महिला सहकारीको १२ औँ साधारणसभा

दाङ,१० मंसिर । घोराही उपमहनगरपालिका स्थीत उद्योगी महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा मंगलबार घोराहीमा सम्पन्न भएको छ,।

उद्योगी महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रेणु श्रेष्ठको अध्यक्षता एवं जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको साधारणसभामा बोल्दै प्रमुख अतिथि शर्माले सहकारीले महिलामा बचत गर्ने बानीको विकास गरेको बताएका थिए ।

बचत गर्ने बानीले महिलाहरुलाई स्वावलम्वी र आत्मनिरभर बनाउनमा महत्वपूर्ण भूमिका खेलको बताएका थिए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी वैंकका तालिम प्रमुख नारायण वेल्वासेले सहकारीहरुले महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलको बताएका थिए ।

त्यसअवसरमा सहकारीका ज्येष्ठ सदस्य डिला गिरी, असल ऋणी ओभा कुँँवर, असल वचतकर्ता इला श्रेष्ठ, एसइइ परिक्षामा उत्कृष्ट अकं ल्याउने दिप्ती न्यौपानेलाई सम्मान गरिएको थियो । त्यसैगरि सहकारीका कर्मचारीहरु विमला गौतम, विमला थापा, लक्ष्मी रावत, ऋण समिकिा एैश्वर्या शर्मा, मञ्जु आचार्य र विष्णु थापालाई सहकारीले सम्मान गरिएको थियो ।

संस्थाका अधयक्ष रेणु श्रेष्ठले संस्थाको अवस्था र भावि कार्ययोजना प्रस्तुत गरेकी थिइन । अध्यक्ष श्रेष्ठले सहकारीले महिलाको स्वास्थ्यलाई प्रमुखतामा राखेर नेपाल परिवार नियोजनसंघको सहकार्यमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँचको शिविर संचालन गरेको थियो । शिविरमा दुई सय जना महिलाले सेवा लिएको थिए ।

कोषाध्यक्ष इन्दु डिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रमको सहजीकरण लेखा समिति संयोजक शुष्मा शर्मा न्यौपानेले गरेकी थिइन । उपाध्यक्ष राधा जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सल्लहाकार बाल्मी केसी, सेयर सदस्य विष्णु थापालगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैविच साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले राधा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा संज्ञा आचार्य, सचिवमा इन्दु डिसी, कोषाध्यक्षमा विद्या खडका रहेका छन । सहकारीको सदस्यमा सदस्यहरुमा सुशीला न्यौपाने, तारा गिरी, एैश्वर्या शर्मा , राधा रावत, राधा श्रेष्ठ , विन्दु डिसी, बाल्मीकी केसी रहेका छन ।

साधारणसभाले शष्मा न्यौपाने संयोजकत्वमा लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा गीता थापा र गोमा वली रहेका छन । त्यस्तै एैश्वर्या शर्माको संयोजकत्वमा ऋण समिति चयन भएको छ। समितिको सदस्यहरुमा विष्णु थापा र मञ्जु शर्मा रहेका छन । सल्लहाकारमा रेणु श्रेष्ठ, निर्मला थापा र ज्ञानु खडका रहेका छन ।