माछापुच्छ्रे बैंकको लमही शाखामा आगलागी

शिवराज खनाल
लमही, ११ जेठ । देउखुरीको लमहीमा रहेको माछापुच्छ्रे बैंकको शाखामा आगलागी भएको छ । लमही नगरपालिका–५ लमहीमा रहेको माछापुच्छ्रे बैकमा आइतवार आगलागी भएको हो ।

आइतबार बिहान करिब ३ बजे तिर ब्याट्री सट भएर आगलागी भएको हो । आगलागीबाट करिब २० लाख बराबरको क्षेती भएको शाखा म्यानेजर मदुसुदन श्रेष्ठले जानकारी दिएका छन ।

आगलागीबाट क्यास काउन्टर, एसी कन्ट्रोलरुम पुर्णरुपमा जलेर नस्ट भएको छ ।