राप्ती विकास बचत तथा ऋण सहकारीको अधिवेशन, अध्यक्षमा चौधरी

घोराही, १४ कार्तिक । घोराहीमा रहेको राप्ती विकास बचत तथा ऋण सहकारी सस्थाकोे २० औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन भएको हो ।

साधारण्सभामा लेखासुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक खडानन्द खनालले लेखा प्रतिवेदन, आर्थिक प्रतिवेदन सदस्य यज्ञबहादुर खत्री र प्रगति प्रतिवेदन सचिव कुलराज चौधरीले प्रस्तुत गरेका थिए । संस्थाका पूर्व अध्यक्ष पहलमान चौधरी, उपाध्यक्ष बेसरा पाण्डेलगाएत कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीको दिगो विकास, सदस्यको आर्थिक सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

त्यसअबसरमा असल बचत कर्ताका रुपमा गुरुप्रसाद भट्राई र असल उद्यमीका रुपमा कमला अधिकारीलाई सम्मान गरिएको थियो । सहकारी संस्थामा हाल तीन सय १६ जना सयदस्य रहेका छन् भने यस वर्ष तीन सय ६० पुर्‍याउने लक्ष्य राखिएको छ । सस्थाका सदस्य तिलक पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव कुलराज चौधरीले गरेका थिए ।

अधिवेशनले सहकारी सस्थाको अध्यक्षमा कुलराज चौधरी, उपाध्यक्षमा बेसरा पाण्डे, सचिवमा यज्ञबहादुर खत्री, कोषाध्यक्षमा तिलक पाण्डे चयन गरेको छ ।
सहकारी सस्थाको सदस्यमा सुमित्रा योगी, कन्हैयालाल चौधरी, विष्णुबहादुर अधिकारी, गेहेन्द्रबहादुर अधिकारी, यामबहादुर रैदास रहेका छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा धनिराम न्यौपाने रहेका छन भने सदस्यहरुमा किरण रसाईली र स्यानु चौधरी रहेका छन् ।
्
ऋण उपमिति संयोजकमा विष्णुबहादुर अधिकारी रहेका छन भने सदस्यहरुमा प्रभुनाथ चौधरी र गुरुप्रसाद भट्राई रहेका छन् । शिक्षा समिति संयोजकमा सुर्यबहादुर विसी रहेका छन भने सदस्यहरुमा कुसुम पोख्रेल, खडानन्द खनाल, सावित्रा पाण्डे रहेका छन् । सहकारी संस्थाको सल्लाहकारमा दामोदर पाण्डे, पहलमान चौधरी र डिल्लीबहादुर वली रहेका छन् ।