गोरक्ष समाचारदाता
तुलसीपुर, ९ भदौ । तुलसीपुर–४ रक्षाचौर निवासी ध्रुव गौतमले राप्ती आँखा अस्पतालमा फर्निचर सामग्री सहयोग गरेका छन् । सामाजसेवी गौतमले अस्पतालको सहभाहलमा आवश्यक फर्निचर सहयोग गरेका हुन् ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सदस्य तथा अस्पताल प्रशासनिक समितिका संयोजक समेत रहेका गौतमले सभाहलमा दुई लाख बढीको फर्निचरहरु निर्माण गरि दिएका हुन् । यस अघिपनि विभिन्न भौतिक तथा आर्थिक सहयोग गदै आएका गौतमले अस्पतालको सभाहलमा टेवुलहरु, पोडियम निर्माण गरि दिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
योसंगै सहभाहलमा तालिम बैठक गर्न सहज भएको छ । सभाहलमा टेवुलहरु गौतमले निर्माण गरि दिएको छन भने नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीले एक लाख बरावरका ३० वटा कुर्सीहरु सौंजन्य गरेको अस्पतालले जनाएको छ । योसंगै सम्मेलन गर्नका लागि सहज हुने अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिएका छन् । त्यस्तै केही समय पहिले ध्रुव गौतम र संघका कोषाध्यक्ष घोराही निवासी श्यामप्रकास आचार्यका दम्पतीले तुलसीपुरको सल्यान रोडमा राप्ती अस्पताल प्रवेश गेट निर्माण गरि दिएका थिए ।
त्यस्तै अस्पतालमा भौतिक सहयोग गर्ने सवैलाई अस्पताल व्यवस्थापन समितिले धन्यवाद समेत ज्ञापन गरेको छ । ‘गौतम, सुवेदीलगायत अस्पतालमा भौतिक सहयोग गर्ने सवैलाई धन्यवाद दिन चाहान्छौ’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले भने । उनले यस्ता सहयोगदाताहरुलाई अस्पतालले सधै स्वागत गर्ने समेत बताए । ‘हाम्रो संस्था यस्तै समाजसेविहरु हुनेबाट लिने र नहुनेलाई सेवा दिने हो’,अध्यक्ष गिरीले भने,‘उहाँहरुलगायत विभिन्न समयमा आँखा स्वास्थ्यको विकास विस्तारका लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिन चाहान्छौ ।दाताको सहयोगले अस्पताललाई धेरै सहयोग पुगेको छ ।’