सांसदलाई असिष्ट व्यवहार नदेखाउन प्रमुख सचेतक ढकालको आग्रह

दाङ, २३ असार । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जमुना ढकालले संसदमा आफ्नो भनाइ राख्दा सांसदलाई असिष्ट, अश्लील व्यवहार नदेखाउन आग्रह गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा आफ्ना संसदीय दलका नेता र मन्त्रीहरुतर्फ लक्षित गर्दै एमालेका सांसदले व्यक्तिगत टिप्पनी गर्नुभएको थियो । बैठकमा नियमआपत्ति गर्दै कांग्रेस सचेतक धनलक्ष्मि श्रेष्ठले बिरोध जनाउनु भएको थियो ।

मंगलबार बसेको प्रदेश सभा बैठकको सुरुमै प्रमुख सचेतक ढकालले एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, सांसद दुर्गबहादुर चौधरी, बसन्ती न्यौपाने, राजकुमार चौधरीले प्रदेश सभा नियावली २१ ९घ० को विपरित व्यवहार प्रस्तुत गरेकाले उक्त भनाइ रेकर्डबाट हटाउनु पर्ने माग गर्नुभयो । सांसदले व्यक्तिगत टिप्पनी गरेर अश्लील, असिष्ट, अपमानजन, नैतिकताको प्रतिकुल हुने गरि बोल्न नहुने भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो ।
‘यस्ता गतविधिले जनतालाई कस्तो सन्देश दिन खोजेका छौं ? आगामी र वर्तमान युस्तालाई कस्तो राजनीतिक संस्कार दिने हो रु’ प्रमुम सचेतक ढकालले प्रश्न समेत गर्नुभयो । संघीयतामाथिनै प्रश्न उठेको बेला सांसदबाट प्रस्तुत हुने व्यवहारले संसदको गरिमा माथि नै प्रश्न उठाएको बताउनुभयो ।

प्रमुख सचेतको माग अनुसार सभामुख तुलाराम घर्तीले आफूले अध्याय गरेर रेकर्डबाट हटाउने प्रतिवद्धता जनाउनु भयो । ‘मैले देखेको छु संसदमा असिष्ट व्यवहार प्रयोग भएको छ,’ उहाँले भन्नुभयो, ‘तर कुन कुन शब्द नियावली विपरीत छन् अध्यायन गरेर रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।’

साथै सभामुख घर्तीले बैठकमै नियावली पढेर समेत प्रदेशभा सदस्यलाई सचेत गराउँदै आगामी दिनमा अश्लील, असिष्ट, अपमानजन, नैतिकताको प्रतिकुल हुने गतिविधि नगर्न निर्देशन दिनुभयो । कांग्रेसको माग अनुसार सभामुखले एमाले सांसदले प्रयोग गरेका शब्दहरु हटाउने प्रतिवद्धता जनाएपछि बैठक सुचारु भएको थियो ।