बबई गाउँपालिकामा १२ जनाको स्वाव संकलन

देवी भण्डारी

बबई,५ जेठ । बबई गाउँपालिकाको क्वारेनटाईनमा रहेका १२ जनाको पीसीआर् जाचको लागी स्वाव संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङको टोलीले सोमवार बबई गाउपालिकाको क्वारेनटाईनमा रहेका स्वास्थकर्मीसहित १२ जनाको स्वाव संकलन गरिएको बबई गाउपालिकाका हेल्थ असिष्टेन्ट शरदराज गिरीलले दिएका छन ।

स्वाव संकलन गरिएका उनीहरुको बुधवारसम्म रिपोर्ट आउने गिरीले बताएका छन । त्यसै गाउँपालिकाले क्वारेन्टाइनको क्षमता समेत बढाएको छ । विद्यालयमा क्वारेनटाई भएको हुदा बेड थोरै भएपनि म्याट र झुलको व्यवस्था गरेर एक सय जनासम्म व्यवस्थापन गर्ने सकिने गिरीले बताए । बबई गाउपालिमा भारतबाट आउनेहरुलाई नाकासम्म गाडीको व्यवस्था गरेर ल्याृन सुरु गरेको गाउपालिकाले जनाएको छ ।