स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वास्थ्य परिक्षण गर्न क्षेत्रीय सभापति पाण्डेको माग

शिवराज खनाल
लमही,४ जेठ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले देउखुरी क्षेत्र अन्तरगतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीको स्वास्थ परिक्षण गरिनुपर्ने माग गरेका छन ।

दाङ जिल्लामा केहि दिन अघि नेपाल पत्रकार महासंघको समन्वयमा २५ जना संचारकर्मीको कोरोना भाईरसको परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सुखद पक्ष भएको भन्दै उनले अव प्रत्यक्ष मिल्डमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको स्वास्थ्य परिक्षण गर्नुपर्ने क्षेत्रीय सभापति पाण्डेले आग्रह गरेका हुन् ।

देउखुरी क्षेत्रसंगै दाङका अन्य क्षेत्रका संचारकर्मीहरुका साथै कोरोना जोखिमकासंगै अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित अत्याबश्यक सेवा प्रदान गर्नेहरुको पनि कोरोना परिक्षण गर्न आबश्यक रहेको सभापति पान्डेले बताए ।

भर्खरै दाङको गढवा गाउंपालिका भित्र दुई जनामा कोरोना भाईरस सक्रमणको पुष्टी भएको भएपनि यसबाट कोही आत्ति हाल्नुपर्ने अबस्था नरहेको , सरकारले लागु गरेको लकडाउनको पुर्णपालनासंगै आफ्नो गाउं घरमा परदेशबाट आएका मान्छे भए निसंकोच क्वारेन्टाईनमा गएर बस्न आग्रह गरेका छन । त्यसमा सहयोग गर्न घर समाजलाई समेत आग्रह गरेका छन ।

सिमानाका र मुख्य राजमार्गका कारण अन्य क्षेत्रभन्दा देउखुरी क्षेत्र थप सम्बेदनशिल रहेसंगै नागरिकको राहत उद्धारसंगै सुचना सम्प्रेषनमा खटिएका पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समयमै कोरोना भाईरसको परिक्षण गराउन उनले स्थानिय सरकारलाई आग्रह गरेका छन् ।