काठमाडौं,४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ बर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।