बाँकेको क्वारेन्टाइमा बसेका एक युवकको मृत्यु

स्वाबको रिपोर्ट आज आउने

नेपालगन्‍ज जेठ ४ । क्‍वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहाान मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेण्टाइनमा बसेका ती २५ वर्षीय युवक गत वैशाख ३० मा भारतको मुम्बईबाट आएका थिए । उनको स्वास्थ्यमा बिहान एक्कासी समस्या देखिएको बताइएको छ ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।
कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबारै संकलन गरिसकिएको र आज रिपोर्ट आउने बताइएको छ ।