अग्नी पीडित परिवारलाई सहयोग

दाङ, ८ जेठ , दाङका एक आगलागी पीडित परिवारलाई राहत सहयोग गरिएको छ । गढवा गाउँपालिका–६ मा खबारीका एक आगलागी पीडित परिवारलाई राहत सहयोग गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले अग्नीपीडित परिवारलाई शुक्रवार राहत सहयोग गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र फेरमेड फाउण्डेशन नेपालको सहकार्यमा सञ्चालित प्रेरणा परियोजना कार्यक्रमअन्तरगत अग्नीपीडित परिवारलाई दैनिक अत्यावश्यक सामाग्री प्रदान गरिएको हो । जसमा खाद्यान्न, लत्ताकपडा र भाँडाहरु प्रदान गरिएको थियो ।

गाउँपालिका वडा नं ६ का अध्यक्ष विरबहादुर आले मगर, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगी, सामाजिक परिचालक अमित यादव लगायतको उपस्थितिमा भुवनसिंह पुनको परिवारलाई सहयोग हस्तान्तरण गरिएको थियो । सामाग्री लिदै पीडित परिवारले आफ्नो दुखको समयमा संस्थाले सहयोग गरेकोमा खुशी व्यक्त गरेका थिए । उनले पीडामा मह्लमलगाउने काम गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । बिजुली सर्ट हुँदा पुन परिवारको घरमा जेठ १ गते आगलागी भएको थियो ।