काठमाडौं, ३ जेठ । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन ।
थप दुई जनासँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् ।