गोरक्ष समाचारदाता
दाङ, १७ फागुन । दाङ जिल्ला महिला संघकी अध्यक्ष तथा महिला सम्पर्क, समन्वय तथा परिचालन उपसमितिकी संयोजक गोमा रावतको संयोजकत्वमा महिला भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
महिला समितिले प्रचारप्रसारका लागि खटाएका स्थानहरूमा प्राप्त प्रतिक्रिया तथा अवस्थाबारे जानकारी लिन कार्यक्रम आयोजना गरिएको थियो । वडास्तरमा प्रचारमा खटिएका महिलाले आफ्नो क्षेत्रमा भएका गतिविधि र अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवार किरणकिशोर घिमिरेले निर्वाचन प्रचारमा सक्रिय रूपमा खटिएका महिलाहरूलाई धन्यवाद व्यक्त गरेका थिए। समग्र निर्वाचनमा महिलाको उल्लेखनीय सहभागिता देखिएको उल्लेख गर्दै उनले कांग्रेसको विजय सुनिश्चिततर्फ उन्मुख रहेको बताएका थिए। निर्वाचित भए सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्दै देश बदल्ने अठोटका साथ अघि बढेको कांग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।
सो अवसरमा क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले उम्मेदवार घिमिरेलाई अत्यधिक मतले विजयी गराउन आह्वान गरेका थिए ।बेलामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लीला नेपाली, संविधान सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, जानका केसी, नेपाली कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्साललगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण महिला सङ दाङकी सदस्य सरस्वता गौतमले गरेकी थिइन् ।