Goraksha

National Daily

उम्मेदवार घिमिरेसँग विकास माग्दै स्थानीय

दाङ,९ फागुन । नेपाली कांग्रेसबाट दाङ क्षेत्र नं.२ का उम्मेदवार किरणकिशोर घिमिरेले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधिलाई तीव्रता दिएका उम्मेवार घिमिरेले शनिवार घोराही–७, ९, ११ र १६ का विभिन्न टोलमा मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन् ।

त्यसक्रममा घोराही–७ राजपुर निवासी खिमनारायण चौधरीले गाउँमा सिचाईका लागि सेवार खोलामा पक्की बाँध निर्माण गरिदिन आग्रह गरेका थिए । निर्वाचन प्रचारप्रसारका क्रममा शनिवार राजपुर पुगेका उम्मेदवार घिमिरेलाई स्थानीय चौधरीले सिचाई नहँुदा कृषि पेसा गर्न समस्या भएको भन्दै सिचाईका लागि पहल गरिदिन आग्रह गरेका हुन । गाउँमा सिचाईका लागि वडादेखि नगर प्रमुख, प्रदेश संघीय संसदलाई पटक पटक भन्दा पनि पक्की सिचाई कुलो नहुँदा बर्षेनी कुलो सफाईदेखि खोलामा बाध बान्नुपर्ने समस्या रहेको भन्दै राजपुरलगायतका गाउँमा सिचाई हुने कुलो निर्माणको प्रवितद्धता जनाए गाउँले सवैले निर्वाचनमा मतदान गर्ने बताए । साथै चौधरीले पर्सादेखि राजपुर जोड्ने सडक कालोपत्रे गरिदिन माग गरे । कच्ची बाटो हुँदा बर्षादको समयमा गाउँमा उत्पादन भएको कृृषि सामग्री बजार जैलानदेखि हिडडुल गर्न समस्या हुने भएकाले सडक कालोपत्रेदेखि सिचाई र खानेपानीका लागि डिप बोरिङको माग गरेका थिए ।

चुनावी भेटघाटका क्रममा घोराही–११ निवासी सुनिता गन्धर्वले गाउँमा सडक र खानेपानीसँगै गन्धर्व समुदायलाई शिक्षा र सांस्कृति संरक्षणका लागि योजना बनाइदिन आग्रह गरेका छन् । राज्यले चासो नहुँदा गन्धर्व समुदायको परम्परागत सारिंगी बजाउने पेसासँगै बनाउने पेसा संकटमा परेको भन्दै राज्यले सम्मान गर्ने गरि गन्धर्व समुदायको कला संस्कृति संरक्षण र विकासका लागि योजना बनाउन आग्रह गरेकी थिइन । साथै उनले युवालाई रोजगारीमा जोड्ने गरि योजना बनाउन आग्रह गरेकी थिइन ।

घोराही–१६ सर्रा निवासी रामहरि शर्माले विकासका योजना कागजमै सीमित हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। निर्वाचनका क्रममा सवै पुरा गर्ने गरि कागजमा योजना टिप्ने र निर्वाचनपछि विर्सिने व्यवहारका कारण विकास हुन नसकेको भन्दै नेतालाई दिर्घकालिन योजना बनाएर विकास निर्माणका लागि लाग्न आग्रह गरेका थिए । मतदाताका गुनासो सुन्दै उम्मेदवार घिमिरेले सक्ने योजना जनप्रतिधि नहुँदा पनि गरिरहेको भन्दै आफुलाई निर्वाचित गरेर योजनाको प्राथमिकरण गरेर विकास निर्माणका कार्यलाई अघि बढाउने बताए ।

घरदैलो अभियानका क्रममा आफु मत माग्नका लागि मात्र नआएको भन्दै जनताका गाउँघरमा भएका समस्याहर बुझ्नका लागि समेत आएको बताए । ‘निर्वाचन दाङ–२ को विकासलाई व्यवस्थित र योजनाबद्ध ढंगले अघि बढाउने गरि अघि बढेको भन्दै जनताका अपेक्षा र सुझावलाई समेटेर अघि बढ्ने बताएका थिए । त्यसक्रममा स्थानीयले विकास निर्माणका काम सुरु भएर पनि अलपत्र परेका योजनाहरु अघि बढाइदिन आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र–२ का सभापति भिमप्रकाश खड्का, कांग्रेस प्रदेश ‘ख’ का सभापति अभियान बस्नेत, उपसभापति शरद समीर, सचिव तिलक केसीलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।