प्रजातन्त्र प्राप्तमा दलहरूको भूमिका

भुवन पोख्रेल
आज प्रजातन्त्र दिवसको दिन हाम्रो पूर्वजहरुको सास र बविदानको सम्मान गर्दै उत्सव नाउँदै छौँ । नेपालमा १०४ वर्षे निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक दिन हो ।

प्रजातन्त्र भनेको जनताले आफ्ना प्रतिनिधिहरु चुनावी जनताद्वारा, जनताकै लागि चलाइने शासन व्यस्था हो । जहाँ स्वतन्त्रता, कानुनको शासन र मानव अधिकारको ग्यारेन्टी हुन्छ । नेपालमा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । त्यस पछिको आठौँ दशकभन्दा लामो उतारचढावपूर्ण यात्रा नेपाली जनताले निरन्तर सङ्घर्षकै प्रतिफल स्वरुप आज हामी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका छौँ ।

प्रजातान्त्रिक शासन प्रणालीले देश र जनताको जीवनस्तरमा सकाात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास छ । हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ । तसर्थ सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपरेको छ । लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्न सक्दछ ।

मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिनको रुपमा अङ्कित छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने देखिन्छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ तर पनि परिस्थिति नबुझी जनतालाई अनावश्यक अङ्कुश लगाउने राजनीतिक पार्टी र सरकार असफल हुन्छन् । लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो । यो मतको प्रयोग गर्दा भ्रम, हल्ला, लोभ, भय र उत्तेजनामा नपरी ढुक्कसँग योग्य उम्मेदवार छनोट गर्नुपर्छ ।

अहिले मुलुक चुनावमय छ लहलहमै होइन । विवेक प्रयोग गरेर मतदान गर्नुहोस् । यदि नागरिक सचेत नबन्ने हो भने सङ्घीय लोकतन्त्र र समानुपातिक समावेशीकरण नेपालको राजनीतिक सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिहरु सङ्कटमा पर्न सक्दछन् ।

नेपालको अर्थतन्त्र आज जटिल ता चुनौतीपूर्ण अवस्थामा छ । बेरोजगारी, वैदेशिक निर्भरता, आयातीतमुखी बजार, कमजोर औद्योगिक आधार, न्यून उत्पादकत्व हाम्रो प्रमुख समस्या हो । चुनावको समयमा दल तथा उम्मेदवारहरुले समृद्धि, विकास र आर्थिक क्रान्तिका नारा सजिलै प्रयोग गर्दछन् तर यी शब्दको पछाडि कुनै ठोस नीति, योजना भेटिँदैन । आजको मुलुकको ठुलो समस्या बेरोजगारी र युवा विदेश पलायन नै हो । युवालाई स्वदेशमै रोकेर अवसर सिर्जना गर्ने कार्ययोजना नेतृत्वमा देखिँदैन ।

भ्रष्टाचारले देशको जरा खोक्रो बनाएको छ । नेताहरुले भ्रष्टाचार गर्दैन भनेर वाचा गर्दछन् तर व्यवजहारमा त्यो देखिँदैन । नीतिगत भ्रष्टाचार मौलाएको छ । संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरेको छ तर व्यवहारमा यी सुविधा सर्वसाधारणको पहुँच बाहिर महँगा भइरहँदा प्रजातान्त्रिक मुलुकमा जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न सकिरहेका छन् ।

प्रजातान्त्रिक मुलुकमा सानालाई ऐन र ठुलालाई चैन पटक्कै शोभनीय ठहरिँदैन । दशकौँदेखि भूमिहीन सुकुम्बासी समस्या चुनावी नारा मात्र बन्ने गरेका छन् । नेताहरुले वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरुलाई दिगो वासस्थान र कृषियोग्य भूमिका व्यवस्थापन कसरी गर्ने योजनना बनाउन अझै सकेको देखिँदैन । उनीहरुसँग वैज्ञानिक भूमिसुधारको कुनै योजना छैन ।

भुमिहीनलाई केवल जग्गाको लालपुर्जा बाँड्ने आश्वासन मात्र होइन, उनीहरुको आर्थिक आत्मनिर्भरताका लागि कस्ता कार्यक्रमहरु छन् । गरिब र सुकुम्बासीका नाममा राजनीति गर्ने तर उनीहरुलाई अबको चुनावमा निरुत्साहित गर्नुपर्छ । जनतालाई नारा चाहिएको छ, चुनावमा मत माग्न आउँदा यही प्रश्न सोधौँ । जनताले आफ्ना प्रतिनिधि छान्ने, नीति, निर्माणमा सहभागिता जनाउने र राज्य सञ्चालनको दिशानिर्देश तय गर्ने मुख्य माध्यम नै चुनाव हो । जेनजी आन्दोलनले युवाहरुका आकर्षण बढ्दो क्रममा देखिएको छ ।

लोकतन्त्र जनताको शासन हो, जहाँ सत्ता जनताबाट निर्वाचित प्रतिनिधिमार्फत् सञ्चालन हुन्छ । निर्वाचनबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । युवामा बढ्दो बेरोजगारी, दिेश पलायन, शिक्षा र सिप अनुसारको अवसरको अभावले राजनीतिक प्रणालीप्रति निराशा जन्माएको छ । यही निराशाले चुनावमा सहभागिता घटाउँदै लगेको छ ।

नेपाल जस्तो लोकतान्त्रिक अभ्यासमा नयाँ नयाँ चुनौती झेलिरहेको देशका लागि निर्वाचन झन महङ्खवपूर्ण विषय हो । राजनीतिक स्थायित्व, विकासको निरन्तरता र सामाजिक न्याय कायम गर्न जनताको सक्रिय सहभागिता अपरिहाई छ । यही सहकागिताको मेरुदण्ड युवापुस्ता हुन् । युवा सङ्ख्या मात्र होइन, शक्ति पनि हो ।

चुनाव लोकतन्त्रको उत्सव हो र युवा त्यसको मुख्य नायक हुन् । युवाको सहभागिताबिना लोकतन्त्र अधुरो रहन्छ । युवाले राजनीति त्यागेमा भविष्य अनिश्चित बन्छ । अबको आवश्यकता भनेको चुनावप्रति व्श्विास पुनःस्थापना गर्नु, युवामैत्री राजनीति निर्माण गर्नु र युवालाई निर्णय प्रक्रियाको केन्द्रमा ल्याउनु हो ।

अहिले राजनीतिक दलका नेतृत्वले आत्मसमीक्षा गर्ने बेला आएको छ । पार्टीका घोषणापत्रमा युवा शब्द समेटिएर मात्र हुँदैन व्यवहारमा युवालाई अवसर दिनुपर्छ । युवा केवल चुनावका बेला भोट बैंक होइनन् । युवा जागे भने लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो भने भने युवाको भविष्य सुरक्षित हुन्छ ।

यस पटक चुनावले वास्तवमा नेपालको लोकतन्त्रका लागि अति महङ्खव राख्दछ । जनता अब नेतातन्त्रमा मात्र विश्वास गर्दैनन्, न त सनातनी राजनीतिमा । लोकतन्त्रका गुणको रक्षासँग उनीहरु प्रभावकारी, समावेशी, विकासमुखी र समतामा आधारित व्यवस्था चाहन्छन् । नेपालको राजनीतिक परिवर्तनको सङ्घारमा छ, जहाँ पुराना र नयाँ दलबिच प्रतिस्पर्धा तीव्र बनेको छ ।

नेतृत्वमा नवीकरण र उत्तरदायित्वको माग बढ्दै जाँदा जनआक्रोश र निराशा पनि देखिएको छ । आगामी चुनावले दलहरुको भविष्य, लोकतन्त्रको स्वरुप र राजनीतिक स्थायित्वको दिशा निर्धारण गर्नेछ । शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष निर्वाचनले नेपाललाई परिपक्व राष्ट्रका रुपमा प्रमाणित गर्न मद्दत गर्दछ । लोकतन्त्र, राष्ट्रवादको संयोजनले राष्ट्रिय एकता, सुरक्षा र सार्वभौमिकताको बलियो आधार तयार पार्छ । राजनीतिक दल, नेता र नागरिकको जिम्मेवार सहभागिताले मात्र शान्तिपूर्ण निर्वाचन र दिगो विकास सम्भव बनाउँछ ।

२३ र २४ भाद्रको घटनाले नेपालको इतिहासमा गहिरो छाप छाडेको छ । जहाँ शान्तिपूर्ण आन्दोलनमा राज्यको दमनले ठुलो क्षति भयो । चुनावमा जनताले विवेकपूर्ण निर्णय गरी जिम्मेवार, उत्तरदायी प्रतिनिधि पठाउन ध्यान दिनुपर्छ । किनभने अहिले मुलुक निर्वाचनमय भएको छ । लोकतन्त्रको आत्मा आमनिर्वाचन हो । आमनागरिकले स्वच्छ मनले सही उम्मेदवारलाई छनोट गर्ने अवसर पनि यही निर्वाचन नै हो ।

कसैका डर, धम्की, लोकलालचमा नभासी देश र जनताले सही बाटोमा डो¥याउन सक्ने सक्षम व्यक्ति छनोट गर्ने अवसरको सदुपयोग गर्न नागरिक सचेत हुनुपर्छ । नागरिकले दिएको अमूल्य मतको अवमूल्यन गर्ने, शक्तिको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्न नेतृत्वलाई पाखा लगाउने बेला पनि यही हो । हामी नागरिकले दिएको मतले पाँच वर्षसम्म सत्तामा रजाइँ गर्ने तर जनाकाङ्क्षको सम्बोधन नगर्ने कुपात्रलाई किनारा लगाउनुपर्छ ।

देश र जनताको पक्षमा काम गर्न सक्ने कुशल नेतृत्व छनोट गर्ने मौका पनि यही हो । नेताहरुले जनतालाई झुक्याउने र कार्यकर्तालाई पोस्ने र आश्वासन बाँड्नेभन्दा जनताको पक्षमा कुनै काम गर्न सकेका छैनन् । यस पटक नेताका चिप्ला कुरामा झुट्टा आश्वासको हिसाबकिताब खोज्ने बेला यही हो । अहिले सबे दलका उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् ।
नागरिकलाई नयाँ विश्वास र भरोसा दिँदै मनसँगै मत परिवर्तन गरी आफ्नो पोल्टामा जनमत दिन आग्रह गरिरहेका छन् । यति भन्दै गर्दा पुराना दलहरुले पटक पटक अवसर पाएर पनि देश र जनताका लागि उल्लेखनीय काम गर्न सकेन । एक पटक हामीलाई परीक्षण गर्नुहोस् भनी विजययात्राको शङ्खघोष गर्दैन ।

वास्तवमा पुराना दलहरु अग्निपरीक्षाको घडीमा छन् र उनीहरुले पुरानो अनभुव र नयाँ विश्वाससँगै जनताको मन जित्दै छन् । नेपाली जनता र देश पटक पटक प्रयोगशाला बनेको छ । नेताहरुले आश्वासनका पोका बाँडिरहेका छन् । राजनीतिमा युवा नेतृत्व आउनुपर्छ र युवाले देश चलाउनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाली कांग्रेसमा नेतृत्व बदलिएर गगन थापाका काँधमा अभिभारा आएको छ ।

कांगे्रस लोकतान्त्रिक पार्टी भएको हुनाले जनभावनालाई सम्बोधन गरिसकेको छ । पपुलिस्ट राजनीतिले चुनावमा नागरिकको मत पाउन गाह्रो छ । सही एजेन्डा, भिजन र मिसन भएका नेतृत्वलाई नागरिकले अमूल्य मतदान गरेर जिताउने अभियानमा राख्नुपर्छ, आफ्नो जनलहर । खाली फेसबुके भाइरल राजनीति र गालीगलौजको राजनीतिले मुलुकको मुहार फेरिँदैन ।

पुरानालाई तथानाम गाली गरेर नयाँ पार्टी अघि बढ्ने होइन, बरु आफ्नै भिजन र मिसन बोकेर देश र जनतामाझ आउन सक्नुप¥यो । पुरानो पार्टी जनताको सुख, दुःखमा साथ दिँदै आएको छ । फेरि पनि देश र जनताको भोसा र विश्वासका साथ अघि बढिरहेको छ । देश अन्योल र तरल अवस्थामा रहेको बेला लोकतान्त्रिक पार्टीले सही मार्गमा डो¥याउन सक्छ ।

अहिलेको चुनावमा कुन दल वा नेताले जित्छ भन्ने मात्र यक्षप्रश्न होइन बरु जेन–जी सडक प्रदशर्न, त्यसपछिको अराजक विध्वंशले मुलुक चिरा चिरा भएको विषम परिस्थितिमा कसले सुरक्षित अवतरण गर्छ भन्ने यक्षप्रश्न हो । यहाँ अझै पनि राम्रा व्यक्ति आए सब ठिक हुन्छ भन्ने भ्रम पालिएको छ तर लोकतन्त्र राम्रा व्यक्तिमा होइन, व्यवस्थित प्रणालीमा जीवित रहन्छ ।

हामीलाई इमानदार नेता मात्र होइन, बेइमान बन्न नसक्ने प्रणालीको खाचो छ । नेपालमा लोकतन्त्रको अभ्यास व्यक्ति केन्द्रित हुँदै जाँदा प्रणालीभन्दा पात्रको महङ्खव बढेको छ । राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर रहँदा संस्थागत सुधार र पारदर्शिताको अभाव देखिन्छ । लोकतन्त्रको सार जोगाउन नागरिकले मात्र होइन, प्रणाली सुधारमा ध्यान दिनु आवश्यक छ ।

पार्टीभित्र पनि नयाँ पुस्ताको ऊर्जा र आलोचनात्मक सोचलाई अपरिपक्व भनेर पन्छाइन्छ । जब कि असफल नतृत्वलाई अनुभवीका नाममा निरन्तरता दिइन्छ । पार्टीभित्र संस्थागत समृद्धिभन्दा व्यक्तिको प्रभाव बलियो बन्दा निर्णय प्रक्रिया पारदर्शी हुँदै गएको छ । लोकतन्त्रको अभ्यास आफूभित्र गर्न नसक्ने पार्टीले बाहिर लोकतन्त्रको रक्षा गर्छु न्नु आफैँमा ठुलो विडम्बना हो ।

राजनीतिक नैतिकताको सङ्कट पनि यो सङ्कटको निकास नेपाली कांग्रेस नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरी सम्भव तुल्याएको छ । बरु नेकपा एमाले एक व्यक्तिको राजनीतिक छायाँमा सीमित बन्दै गएको छ । आजको राजनीतिक परिदृश्यलाई हेर्दा कांग्रेस कि सुध्रिने कि सक्किने आश्वासन दिइरहेको छ । एमाले आफैँलाई कमजोर बनाउने दिशामा छ ।

प्रचण्ड राजनीतिक रुपमा भासिँदै छन् र राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई चोख्याउँदै वैकल्पिक शक्ति सावित गर्न सङ्घर्षरत छ । लोकतन्त्रको भावना जोगाउने हो भने अब दुई वटा कुरामा स्पष्ट हुनैपर्छ । एउटा त नागरिकले पनि अब प्रश्न बदल्नुपर्छ को प्रधानमन्त्री बन्छ ? बरु प्रणाली कसरी सुधारिन्छ ?

भनी प्रश्न गर्नुपर्छ । अब पात्रको जयजयकार होयन, प्रणालीको रक्षा गर्ने राजनीतिक चेतनाको आवश्यक छ भन्ने विषय बुझ्नुपर्छ । व्यक्ति बलियो भएर होइन, संस्था बलियो भएर देश चल्दछ । पात्रको मोहबाट मुक्त नभएसम्म लोकतन्त्रको सार भाषणमै सीमित रहनेछ । नेपालको राजनीतिक नेतृत्वमा विश्वसनीयता र सिद्धान्तको अभाव देखिएको छ । जसका कारण देश विकास र स्थायित्वतर्फ अघि बढ्न सकेको छैन ।

नागरिकको एक दिनको निर्णयले पाँच वर्षको फैसला गर्ने भएकोले अबको निर्वाचनका कुन प्रवृत्तिलाई जिताउनेतर्फ नागरिक सचेत हुनु पर्ने देखिन्छ । लोकतन्त्रको स्थायित्व केवल संरचनाले होइन, त्यसप्रति नागरिकको विश्वास अनि राजनीतिक पात्रहरुको उत्तरदायित्वले मात्र सुनिश्चित गर्दछ । फागुन २१ को निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रालाई नयाँ अध्यायतर्फ डो¥याउन सक्छ, यदि नागरिक र राजनीतिक शक्तिहरुले यसलाई केवल जितको प्रतिस्पर्धा होइन, राष्ट्रिय पुनर्जागरणको अवसरको रुपमा ग्रहण गर्नुपर्छ ।

लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो । त्यसर्थ आफ्नो मनाधिकारको प्रयोग डर, धम्की, लोभ र भावनात्मक उत्तेजनामा नपरी विवेकपूर्ण ढङ्गले गर्नुपर्छ । चुनाव जित्न बलियो पार्टी सङ्गठन, बलियो नेतृत्व र संस्थागत उपस्थिति चाहिने रहेछ । सामाजिक सञ्जालको लोकप्रियताले मात्र चुनाव जित्न कठिन हुने उदाहरण बङ्गलादेशबाट प्रस्ट हुन्छ । सरकार ढाल्न जति सजिलो छ, त्यति चुनाव जित्न सजिलो छैन । मतदाताले आफ्नो मत बदल्न कठिन मान्दछन् र कुशल नेतृत्वको गुणलाई लामो अनुभवसँग जोड्छन् । त्यसर्थ नयाँ शक्तिलाई चुनाव जित्न अप्ठेरो हुन्छ । सामाजिक सञ्जालबाट उदाएका शक्तिले आफूलाई चुनावी शक्ति नबनाएका विश्वका प्रशस्त उदाहरण देखिन्छन् ।

नेपालमा प्रजातन्त्र प्राप्ति र यसको सदृढीकरणमा राजनैतिक दलहरुको भुमिका अत्यत्नै महङ्खवपूर्ण र निर्णायक रहेको छ । २००७ सालको क्रान्तिदेखि हालका सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा राजनीतिक दलहरुको मुख्य भूमिका निर्वाह गरेका छन् । पुराना दलहरुले जनतामा राजनीतिक चेतना जगाउँदै तानाशाह विरुद्ध सङ्गठित हुन सिकाएका छन् ।

ऐतिहासिक आन्दोलन २००७, २०४६, २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका हुन् । त्यसर्थ नेपालका राजनीतिक दलहरु प्रजातन्त्रका खम्बा हुन्, अझ नेपाली कांग्रेस त सङ्घर्ष र बलिदानीको निशानी बोकेको पार्टी हो । यद्यपि दलहरुले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन जनविश्वास कमाउन अझै सुधारको आवश्यकता देखिन्छ ।