काँग्रेसको पक्षमा जनलहर श्रृजना गर्न लाग्नुपर्ने

तुलसीपुर, ३ फागुन । नेपाली काँग्रेस क्षेत्र नं. ३ क को बैठक तुलसीपुरमा सम्पन्न भएको छ । क्षेत्र नं.३ क का सभापति देवेन्द्र रिजालको अध्यक्षता तथा नेपाली काँग्रेस दाङका सहसचिव जिल्ला प्रतिनिधि राजु आचार्यको प्रमुख भएको बैठकमा सहभागीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. ३ मा काँग्रेसलाई विजय बनाउन आफ्नो क्षेत्रबाट सवैलाई सक्रिय भएर लाग्नु पर्ने बताएका थिए ।

बैठकमा सवै प्रतिनिधिहरुलाई आफ्नो वडामा चुनावी प्रचारमा लाग्न समेत आग्रह गरिएको थियो । कार्यक्रममा प्रमुख आतिथि जिल्ला प्रतिनिधि राजु आचार्यले जिल्ला संगै यस क्षेत्रका वडा, नगर देखि सवै काँग्रेसका प्रतिनिधिहरु क्षेत्र नं। ३ मा नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार दिपक गिरीलाई अत्याधिक बहुमतले विजय गराउन सवैले आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए । उनले आफ्नो वडामा सवैले सक्रिय भएर निर्वाचनमा होमिन पनि आग्रह गरे ।

त्यस्तै नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि कृष्णकुमार गिरीले निर्वाचनमा काँग्रेसलाई विजय बनाउन सवै तहतप्ताका प्रतिनिधिहरु आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुपर्ने बताए । उनले गाउँटोल देखिनै काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार दिपक गिरीलाई अत्याधिक बहुमतले विजय गराउन आ–आफ्नो क्षेत्रमा सक्रियताका साथ लाग्न आग्रह गरे । उनले काँग्रेसको पक्षमा जनलहर सृजना गर्न सवै एक भएर होमिन पनि आग्रह गरे ।

त्यस्तै नेपाली काँग्रेस जिल्लाका प्रतिनिधि टोपबहादुर केसी, नेपाली काँग्रेस क्षेत्र नं। ३ क का उपभापति पुष्पराज गिरी, सचिव तेजबहादुर डाँगी, किरण केसी, प्रवक्ता छन्दबहादुर जिसी, प्रदेश सदस्य मुक्ति प्रसाद न्यौपाने, बेणु अधिकारी, विष्णु मल्ल, शोभाराम वुढाथोकी, गणेशकुमार खड्का कृपाराम वली, देवि प्रसाद हलवाई, नगर सदस्य ताराप्रसाद पोख्रेललगायतले नेपाली काँग्रेसलाई विजय बनाउन सम्पूर्ण भातृसंघ संगठन सवेच्छुक र कार्यकर्ताहरु आफ्नो क्षेत्रमा सक्रिय भएर चुनावी अभियानमा होमिनु पर्ने धाराणा व्यक्तगरेका थिए ।

सहभागीहरुले अब जनताका विकासका आकाङ्क्षा पूरा गर्ने एक मात्र शक्ति नेपाली कांग्रेस भएको भन्दै आममतदातालाई निर्धक्क भएर कांग्रेसलाई जिताउन आग्रह गदै सोहि अनुसार सवैले पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रमका क्षेत्र नं. ३ ‘क’का सभापति देवेन्द्र रिजालले आफ्नो वडामा चुनावी प्रचार प्रसारलाई तिव्र पार्न आग्रह गरे । उनले टोल, गाउँ ,गाउँ केन्द्रित अभियानलाई साथक पार्न सवैले आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने भन्दै सोहि अनुसार लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।