‘यस्तो पो राहत’

घोराही, १ जेठ । लकडाउनका कारण खाद्यान्न संकट व्यहोरिरहेका घोराही उपमहानगर पालिका १६ का ५० घरपरिवारलाई प्रतिपरिवार २५ किलो चामल, ५ किलो पीठो, १ पोका तेल, २ पोका नून, १÷१ वटा लुगा धुने र नुहाउने साबुन वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडित, समाजसेवी नरेन्द्र पुन, पत्रकार महासंघ कतार शाखाका निवर्तमान अध्यक्ष गणेशप्रसाद बञ्जाडे, शिक्षक मुकेश डिसी, व्यवसायी आदित्य भट्टराई र मधुसूदन डाँगी, शारदा बुढाथोकी र गौरी भण्डारीको पहलमा वितरण गरिएको राहत अभियानलाई ज्योति एग्रोभेट प्रा. लि.का प्रोप्राइटर रामचन्द्र पाण्डेय, नेकपा दाङ उद्योग विभागको तर्फबाट विभाग प्रमुख एवं चलचित्रकर्मी गेहेन्द्र बस्नेत, व्यवसायी विमल कार्की, समाजसेवी टोपनारायण बञ्जाडे, ज्ञानदेवी पुन, रमिन्द्र श्रेष्ठ, दिनेश प्रसाद श्रेष्ठ, पाल्पाली भैरव सुनचाँदी पसलका प्रोप्राइटर धु्रव गहतराज, सस्तो किराना पसलका प्रोपाइटर गणेश श्रेष्ठ, हनी मेडिकलका प्रोप्राइटर दीपेन्द्र न्यौपाने, न्यू संगम टेन्ट हाउसका प्रोप्राइटर सकिल अहमद सिद्दिकीले आर्थिक सहयोग गर्नुभएको थियो । साँझबिहानको छाक टार्ने समस्याले पिरोलिएका उनीहरुले राहत पाउँदा निकै खुशी भएका थिए । उनीहरुले राहत प्याकेज निकै उच्च भएकोले साँच्चिकै राहत पाएको महशुस सुनाएका थिए । ‘यस्तो पो राहत हो त । अब केही दिनलाई ढुक्क भयो’ नवजीवनज्योति टोलकी सरस्वती श्रेष्ठले भनिन् । राहत वितरण कार्यक्रममा अभियन्ताहरुले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन, लडकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।