दाङ, ११ माघ । दाङमा घरजग्गा किनबेचमा सहजीकरण गर्ने उद्देश्यले ुदाङ ड्रिम प्रपर्टी प्रालिु सञ्चालनमा आएको छ। घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्प नजिकै सञ्चालनमा आएको यो प्रालिले घोराही क्षेत्रमा घरजग्गा कारोबार गर्न चाहने नागरिकलाई व्यावसायिक सेवा प्रदान गरिरहेको छ।
प्रालिका सञ्चालक शेखर क्षेत्रीले व्यक्तिगत रूपमा घरजग्गा कारोबार गर्दा ठगिने जोखिम उच्च रहेकाले आधिकारिक रूपमा दर्ता गरी सञ्चालन गरिएको जानकारी दिएका छन् । ‘काठमाडौंलगायत ठूला सहरहरूमा घरजग्गाको कारोबार गर्न दर्ता भएर कम्पनीहरू सञ्चालन भइरहेका छन्। दाङमा पनि केही कम्पनीले अभ्यास गरिसकेको समयमा दाङ ड्रिम प्रपर्टीले पनि काम गर्न थालेको छ’ उनले भने । कम्पनीसँग कारोवार गर्दा लगानी सुरक्षित हुनेमा ढुंक्क रहर नागरिकलाई आग्रह गरेका छन् ।
घोराहीमा विगत छ महिनादेखि सेवा सञ्चालन गरिरहेको यस प्रालिले घरजग्गा किनबेचसँगै साटासाटका लागि समेत सहजीकरण गरिरहेको छ। कम्पनीले घोराही बजारमा कार्यालयसँगै जग्गा र घरको नापजाँच तथा मूल्याङ्कनका लागि अमिन र इन्जिनियर समेत राखेको छ। यस प्रालिले घरजग्गा किनबेच र साटासाटमा व्यावसायिक सहजीकरण, जग्गा र घरको नापजाँच सेवा, योग्य अमिन र इन्जिनियरद्वारा मूल्याङ्कनलगायत सेवा प्रदान गरिरहेको छ।
आधिकारिक रूपमा दर्ता भएको यो सेवाले लगानीको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्ने बताइएको छ। सञ्चालक क्षेत्रीले घरजग्गा कारोबारका लागि दाङ ड्रिम प्रपर्टी प्रालिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।