शिवराज खनाल
लमही,३० बैशाख । देउखुरीको लमही नगरपालिका वडा नं. ७ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका ६ जना युवाहरु क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन ।
वडा नंं ७ को कप्तानगञ्जमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाहरु आज डिस्चार्ज भएका हुन । क्वारेन्टाइनमा बस्दै आएका ती युबाहरुले १४ दिन पूरा गरेपछि फर्किएका लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिएका छन ।
‘क्वारेन्टाइनमा बसेका ती युवाहरुका स्वास्थ्य परिक्षण गरिएको थियो, परिक्षणका क्रममा स्वास्थ्य ठिक देखिएको छ’–प्रमुख केसीले भने–‘स्वास्थ्य रिपोर्ट पनि ठिक आएको र १४ दिन पुरा भएपछि उनीहरुलाई घर पठाएका हौ ।’ घर फर्किएका उनीहरुलाई केही दिन होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेको प्रमुखले बताएका छन ।
६ युवाहरु १४ दिन अघि सिन्धुपाल्चोकबाट मजदुरी गरि फर्किएका थिए । सिन्धुपाल्चोकबाट गाउँ फर्केसंगै उनीहरु घरमा नगइ आफै राजीखुशीमै गाउँकै त्रिशक्ती प्राबिको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।