चलचित्र पत्रकार संघ दाङले रक्तदान कार्यक्रम गर्ने

पूर्ण केसी
दाङ,३० बैशाख । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले अनलाईन मिटिङ सम्पन्न गरेको छ । लकडाउनको पालना गर्दै , सामाजिक दुरि कायम राख्दै अनलाइन मिटिङ गरिएको संघका अध्यक्ष शिव पुनले जानकारी दिएका छन ।

अनलाइन मिटिङबाट संघले यहि जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा रेडक्रसको सहकार्यमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताए ।

कोरोना भाइरसका कारण विश्व समुदाय संकटको बेला रगतको अभाव हुन नदिन उक्त कार्य गर्न लागीएको उनले बताएका छन । साथै उनले रक्तदान कार्यक्रममा संघमा आबद्ध साथीहरु, अन्य संघ सस्थाका पदाधिकारी , पत्रकार सबैमा आवश्यक सहयोग र उपस्थितिको लागि अनुरोध गरेका छन ।