कविता : समाधान हो निति

श्रीराम दहित
कहिल्यै सोचिनौ भ्रष्टाचार गरि संग्रह गरेको साथमा जाला ?
आर्जन गरेको शुद्ध वैभव देश निर्माणमा काम आउला ।

सडक गल्लीमा फैलिदैछ उच्छृङ्खल गतिविधि जनप्रतिनिधिको साथ सहयोग सधैं भ्रष्ट आरक्षण नीति

बिर्सिदै छौँ भाषा संस्कृति परम्परा सभ्य प्रथा
बुझौं अवस्था जटिल परिस्थिति हामी मानव व्यर्थ

भ्रष्ट चिन्तन चरित्रले चारैतिर जाल विच्छायो
कहिँ कतै नागरिक सुरक्षित छैनन् हाहाकार फैलियो

अबोध बालक समेतले हामीबाट काम बासना सिक्दै
भ्रष्ट दण्डित हुनु त परैको कुरा गहिरो जरा टेक्दै

आजको सुअवसरलाई सबैले समयमै सदुपयोग गरौँ
स्वमुल्याङ्कन स्वयंमा गर्दै दुर्बल पक्षलाई स्विकारौं

चिन्ता होइन सकारात्मक चिन्तन गर्दै बदलौं जीवनशैली
हाम्रो समाजमा कहिँ नदेखियोस् बिसालु जीवनशैली

कर्मफलदाता विधातामा निहित छ दण्ड विधि
बुझौं हामी संकेत समयको समाधान हो नीति

जनप्रतिनिधि बनी जनहितमा हामीले कति के गर्यौं ?
जति सक्यो व्यक्तिगत स्वार्थका लागि देशबाट लियौं ।