निर्वाचन डायरी : समृद्धिको प्रतीक्षामा मतदाता
खेमराज रिजाल
गोलटाकुरी(दाङ), २७ कार्तिक । निर्वाचन नजिकिँदै गर्दा मतदाता झनै चनाखो भएका छन् । किनकि यो निर्वाचनले दुई तिहाई बहुमतको सरकारको आयु निर्धारण गर्दैछ । विकास निर्माण साझा एजेण्डा हो, तैपनि कसले कति विकास गर्ने भन्नेमा मतदाता जागरुक छन् । पश्चिम दाङको विकास श्रृंखलामा सबैभन्दा विकासप्रेमी नेता खुमबहादुर खड्का, त्यसपछि दीपक गिरीकै नाम पुकार्छन् । अहिलेको निर्वाचन पनि उनीहरुकै विकास निर्माणको सेरोफेरोमा दौडिरहेको छ । नेकपा पनि चुनावी मैदानमा छ । उत्तरकुमार वलीलाई पनि जनताले सम्झिरहेका छन् । तर उनको सडक दुर्घटनामा निधन भएको अवस्थामा बैकल्पिक विकासप्रेमी नेता भेटाएका छैनन् । यद्यपि उनकी धर्मपन्ती चुनावी मैदानमा छिन् । तर अझै जनताले कसलाई जिताउने भन्नेमा ढुक्क अवस्था देखिएको छैन । तैपनि लोकतन्त्र र विकासमा कांग्रेसको भूमिका भने जनताले बुझेको अनुभूति भयो ।
गोल्टाकुरीका ७६ बर्षीय ठाकुरप्रसाद भण्डारीले निर्वाचनलाई महत्व दिएका छन् । किनकि उनको आशा भनेको विकास निर्माण मात्रै हो । ‘खेतमा कुलो, धारामा पानी दैलोमा सडक’, हाम्रो मत त्यसैमा जान्छ, भण्डारीले भने । ‘भोट फर नोट’को प्रबृत्ति हामीलाई चाहिएको छैन । किनकि जनता जागरुक भइसकेका छन्, अब पैसाले भोट किन्ने अवस्थै छैन । त्यसो त उनी पनि द्वन्द्वपीडित हुन् । किनकि द्वन्द्वकै क्रममा उनको गाउँमा विकास निर्माण अवरुद्ध भएको थियो । उनको मत विकासप्रेमी नेतालाई जाने छ । किनकि गोल्टाकुरीले सडक सञ्जाल खोजिरहेहेको छ । सिचाई सुविधा खोजिरहेको छ । फुर्केसल्लीलाई पनि सडक सञ्जालमा जोड्न खोजिरहेको छ । त्यो विकास निर्माणको गोटी कांग्रे्रसले नै सुरुआत गरेको उनको बुझाइ छ ।
लालबहादुर विक पनि विकासप्रेमी व्यक्ति हुन् । उनको भोट कसलाई जाने स्पष्ट भनेनन् तर विकासलाई भोट भन्ने उनको अभिव्यक्ति थियो । किनकि गोल्टाकुरीलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि सडक सञ्जालको विकास र खानेपानी तथा सिचाइको विकास भन्ने उनको अभिव्यक्ति थियो । तर सरकारले गोल्टाकुरीलाई सम्बोधन गरेको अवस्था छैन ।
फुर्केसल्ली विकासमा पछि परेको छ । बाँकी ढुवानको समस्यामा छ । मलै विकासको मूल प्रवाहमा जोडिएको छैन । समानुपातिक विकासको अवधारणा ल्याउनेलाई मत दिने तयारी भएको स्थानीयले बताएका छन् । ‘मलै विकासको मूल प्रवाहमा आउन आवश्यक छ, गंगटेलाई पनि सम्बोधन गर्ने नेता हामीलाई चाहिएको छ’, सामुदायिक वन नेता तिलक भण्डारी भन्छन्– ‘झुठा आश्वासन अब जनताले मान्न तयार छैनन्, विकासप्रेमी नेताको खोजी भइरहेको छ । पश्चिम दाङका केही क्षेत्रलाई बाँके निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा गरिएकोमा उनीहरुको विमती छैन, तर मध्यवर्ती क्षेत्र घोषणासँगै जंगली जनावरको आतंकलाई उनीहरुले स्थानीयस्तरमा व्यवस्थापन गर्न सकेका छैनन् । उनीहरुको मागलाई सम्बोधन गर्न पनि नेतालाई माग गरेका छन् ।
‘हाम्रो चाहना भनेको मलैबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सडकको अवधारणा हो, तर यो विषयमा वर्तमान सरकार अझै आन्तरिक राजनीतिमा अल्झिरहेको छ’, सातपोखरी सामुदायिक वनका नेता तिलक भण्डारीले भने । पश्चिम दाङमा एग्रोहवको सम्भावना छ । वन पैदावारको उद्योग चल्न सक्छ, व्यावसायिक बाख्रापालनको सम्भावना छ, तर वर्तमान सरकारले यी सबै विषयमा मौनता मात्रै देखाएको छ’, भण्डारीले भने । त्यसो त पश्चिम दाङ विकासको मूल प्रवाहमा नआएको होइन ।
मलैलाई जोड्न तात्कालीन सिचाईमन्त्री दीपक गिरीले पक्की पुन शिलान्यास गरे । सम्भवतः मलै जोड्ने सो पुल एक बर्षभित्रै सञ्चालनमा आउने छ । सिचाई सुविधाका लागि डिप बोरिङहरु सञ्चालनमा आएका छन् । बृहत दाङ सिचाई योजनाको कार्यालय समेत तुलसीपुरमै बसेको छ । तर पनि आम मतदाताहरु भने विकासको निरन्तरताको प्रतीक्षामा छन् । धसिइएका डिपबोरिङको विधिवत सञ्चालनको प्रतीक्षामा छन् आम नागरिकहरु । त्यसैले त उनीहरुले वर्तमान सरकारको विकल्प खोजिरहेका छन् । विकासलाई भोट ।