गोरक्ष समाचारदाता
दाङ, ८ मङ्सिर । नेपाल फार्मेसी संघ, लुम्बिनी प्रदेशको पूर्ण बैठक दाङमा सम्पन्न भएको छ । संघ लुम्बिनी प्रदेशका अध्यक्ष खेमराज तिवारीको अध्यक्षता र केन्द्रीय सचिव श्री ध्रुवकुमार शर्माको प्रमुख अतिथ्यतामा भएको थियो । संघका प्रदेश उपाध्यक्ष शुभेच्छा गौतमले स्वागत गरेकी थिइन् ।
संघका बरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुभेन्द्रप्रसाद यादवले प्रदेशले आयोजना गरेको पूर्ण बैठकबारे प्रकाश पारेका थिए । उपस्थित पाँच जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियाका जिल्ला अध्यक्ष एवम् महासचिव तथा प्रतिनिधिलगायत लुम्बिनी प्रदेशका अध्यक्षद्वारा विगतका कार्यसम्पादन प्रतिवेदन तथा भावी कार्यजोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख शर्माद्वारा संघको संरचना, रचनात्मक कार्यशैली विगत सन् २०१५ देखि हालसम्म बाधा अड्चन झेल्दै गरेका उपलब्धिलाई प्रस्ट पारेका थिए । औपचारिक कार्यक्रमलाई प्रदेश उपाध्यक्ष एवम् कार्यक्रम सहसंयोजक शुलभ अधिकारीले होस्टिङ गरेका दाङका जिल्ला अध्यक्ष श्यामकुमार गिरीलगायत सम्पूर्णलाई धन्यवाद दिँदै संघलाई सबै मिली गर्व गर्ने लायक बनाउनुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण संघका प्रदेश महासचिव उदयबहादुर खत्रीले सहजीकरण गरेका थिए । सो अवसरमा ‘जहाँ औषधी त्यहाँ फर्मासिस्ट’ भन्ने नारालाई सार्थक बनाउन सबै आ–आफ्नो ठाउँबाट पहल गर्ने सहभागीले प्रतिबद्धता गरेका थिए ।