द फोर्स ट्रेनिङ सेन्टरबाट सेनामा भर्ना भएकालाई विदाई
गोरक्ष समाचारदाता
तुलसीपुर, १८ कात्तिक । द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुरले एक कार्यक्रमको आयोजना गरेर नेपाली सेनामा नाम निकाल्न सफल १६ जनालाई विदाई गरेको छ ।
प्रशिक्षण केन्द्रबाट नेपाली सेनामा एकै लटमा नाम निकाल्न सफल ६ महिला र १० पुरुषलाई मंगलबार ‘द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुर’ले कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको हो । सेन्टरका संचालक गोरख भण्डारीको अध्यक्षता र नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको प्रमुख आथित्यतामा कार्यक्रम भएको कार्यक्रममा नेपाली सेनामा भर्ना भएका युवालाई विदाई गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खड्काले नेपाली सेना जस्तो गौरब बोकेको संस्थामा नाम निकाल्न सबैलाई बधाइ ज्ञापन गर्दै नेपाली सेनाको इज्जत प्रतिष्ठामा आँच नआउने गरि काम गर्न आग्रह गरेका थिए । युवा पुस्ताले बिदेश मात्रै रोजी रहँदा आफ्नै देशको रक्षा र जनताको सुरक्षाको लागि स्वदेशमै गौरबपूर्ण संस्थामा जोडिनु चानचुनी कुरा नभएको भन्दै पत्रकार खड्काले त्यो संस्थाको गरिमा, आँफुले तालिम सिकेको संस्थाको प्रतिष्ठामा कहिलै दाग नलाग्ने गरि कार्य सम्पादन गर्न सुझाएका थिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपाल दाङका सचिव दीपक बोहराले नेपाली सेनाले हालसालै जेनजी आन्दोलन पछि मुलुकमा उत्पन्न कठिन परिस्थितिमा उभिएर परिस्थिति सम्हालेको हुँदा त्यस्तो संगठनमा नाम निकाल्न सफल सबैलाई बढाइ ज्ञापन गरेका थिए ।
नेपाली सेनामा नाम निकाल्न सफल मध्यकी एक पबित्रा वलीले सेन्टरमा तालिमका क्रममा अनेकन बाधा ब्यबधान आइपरे पनि हिम्मत र साहले ती सबै पार गरेको हुँदा भविश्यमा पनि नेपाली सेनाको गरिमामा कुनै आँच नआउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन । सेन्टरको सञ्चालक समितिका सदस्य घनश्याम केसीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार केबी वलीले गरेका थिए ।
