गोरक्ष समाचारदाता
दाङ,११ कात्तिक । दाङको देउखुरीमा अबैध सालको काठसहित दुई जना पक्राउ परेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पुल्चोकबाट करिव ४८ हजार पाँच सय ८७ रूपियाँ बराबरको ३८ दशमलव ८७ क्युफिट अवैध सालको चिरान काठसहित दुई जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा राप्ती गाउँपालीका–१ पाखापानी निवासी ४३ बर्षीय डिल्लीराज गिरी र गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३९ बर्षीय ट्याक्टर चालक विकास घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले कात्तिक ३ गते बिहान करिव आठ बजेको समयमा चेकिङका क्रममा कालाकाटेदेखि पाखापानीतर्फ आउँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टरसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
ट्याक्टर र काठसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।