जस्तो ग¥यो उस्तै फल मिल्छ

गुरुप्रसाद शर्मा
रानी पोखरी निवासी कुलराज र श्रीमती सुभद्राको लामो अन्तरालपछि जन्मेको छोरा रामप्रसादलाई आफूले पढ्न नसके पनि छोरार्ला धेरै पढाएर ठुलो मानिस बनाएर गाउँमा धाक र खाफ देखाएर बस्ने सपना मात्र देखेका थिएनन् । आफूले दुःख गरेर, खाइ न खाइ गरेर, अर्काको घर खेतमा काम गरेर पनि छोरालाई पढाइरहेका थिए । छोरा पनि पढ्नकमा मेहनति र जेहेन्दार भएकाले विद्यालयमा सधै फस्ट आउने गर्दथ्यो ।

अनुशासित र मर्यादित भएकाले छात्रवृत्ति पाइरहन्थ्यो । जसले गर्दा पठनपाठन यसको सहज बन्दै गएको थियो । रामप्रसादको पढ्ने संकल्पले गर्दा सहजरुपमा एमए खास ग¥यो । सरकारी स्थायी जागिर पनि गृह मन्त्रालयमा पायो । पढे लेखेको सरकारी जागिरमा लागेको देखेपछि ठु–ठुला घरका केटीहरुको कुरा आउन थाल्यो । उसले पनि आफ्नो परिवारको पहिचान लुकाएर उपसचिवकी छोरीसँग विवाह ग¥यो । कहिले काही बाबुआमासँग कुरा गर्ने र पैसा पनि पठाइदिने गर्दथ्यो । श्रीमती आएपछि पोल खुल्ने डरले कुरा गर्ने र पैसा पठाइदिने काम पनि बन्द हुँदै गयो । उपसचिवको कृपा दृष्टिले काठमाडौँमा घर बनाएर घरजामको व्यस्था गरेको थियो ।

कुलराजकी श्रीमती बिरामी भएर अस्पतालमा भर्ति गर्नुप¥यो । पासमा पैसा थिएन साहुसँग ऋण लिएर श्रीमतीलाई निको गराएर घर त ल्याए तर ऋण कसरी तिर्ने पिरलो थपिएको थियो । छोरालाई पढाउँदा लेखाउँदा सात कहाँ जग्गा बिक्री भइसकेको थियो । आफूसँग भएको जग्गा बेच्ने हो भने के खाने । नबेच्ने हो भने ऋण कसरी तिर्ने यही सोचेर श्रीमान्लाई चिन्तित भएको देखेर श्रीमतीले भनिन् । चिन्ता नगर्नुस्, छोराले जागिर खान्छ, घर पनि बनाएको छ भन्छन् । खै फोन लगाइदिनोस् म कुरा गर्छु । सुभद्राले फोनमा छोरालाई भनिन्– बाबु म बिरामी भएर बल्लतल्ल बचेर अस्पतालबाट आए । ऋण लिएर तेरा बाबुले मलाई बचाउन भएको छ । साहुले किन ऋण लिएको पैसा देउ, कि जग्गा पास गरिदेउ भन्न लागे । जग्गा दिने हो भने के खाने भन्ने आमाको कुरा सुनेपछि रामप्रसाद भन्दछन् ।

आमा तपाई आत्तिनु पर्दैन । मैले काठमाडौँमा घर किनेको छु । म विदेश जान लागेको छु । अब तपाइहरु यही काठमाडौँ आउने हो । त्यसैले गाउँको जग्गा बिक्री गर्नुस् र सबै ऋण तिर्नुस् । म ५ दिन पछि तपाईहरुलाई लिन आउँछु । घर भाडाबाट पनि प्रशस्त पैसा आउँछ चिन्ता नगर्नुस् । केही दिनमा छोरा पनि आयो जग्गा बिक्रीबाट आएको पैसाले ऋण तिरेर उम्रेको ३०००० । बाबुलाई नै राख्नु दियो । काठमाडौँ जाने कुरा गाउँघर वरपर सबैलाई सुनाएर प्रशंसा गरे ।

छोराले भाडा बाबुआमालाई प्लेनमा चढाएर काठमाडौँ लैजान्छु भनेर बाबुआमालाई बसमा चढाएर भैरहवा एयपोर्टमा ल्यायो । चिया नास्ता गराएर बाबुआमालाई तपाईहरु यही पार्कमा बस्नुस् । म टिकटको बन्दोबस्त गरेर आउँछु भनेर गएको छोरा साझ ६ बजेसम्म पनि आएन । फोन गर्दा स्वीच अफ भन्छ । अब के गर्ने, उसलाई कसैले चिन्दैन आत्तिन थाले । काठमाडौँ जाने हो भन्ने छोराको घरको अत्तोपत्तो छैन । गाउँ जाने हो भने गाँस, बास छैन । हे, दैव यो कुन पापको सजाय दियौँ ।

त्यही बेला भरर्खर प्लेनबाट आएका अधिवक्ता हरिबहादुरले कुलराजलाई देखेर चिनिहाले । जागिरे अवस्थामा उनले गरेको गुण बिर्सेका थिएनन् । त्यसैले उनको नगीचै गएर कुलराज जि किन यहाँ यसरी बस्नु भएको छ भनेको सुनेपछि फर्केर हेर्दा उनलाई देखेर रुन थाले । रुदै भने छोराले काठमाडौँ घर किनेको छु । अब काठमाडौँ बस्ने हो प्लेन चढाएर काठमाडौँ लैजान्छु भनेको छोरा यस बेलासम्म आउँदैन ।

हेर्नुस् कुलराज जी तपाईको छोरा कति पुगेरहेछ । तपाईहरुको यो दुर्गनी गराएर आफू भागेर गयो । तपाईले धन्दा कति न मान्नुस् आज होटलमा बस्नुस् र भोलिको टिकट बसको बनाइदिन्छु । म भोलि बिहानको प्लेनमा जान्छु । साँझ तपाईलाई लिन बसमा आउँछु । यो मेरो घरको नम्बर हो र यो मेरो फोन हो । कुनै पनि टेक्सीलाई मेरो यो कार्ड देखाइदिनु भयो भने मेरो घरमा लैजान्छन् आफ्नो फर्मबाट कागज बनाई अदालतबाटब पुर्जी काट्न पठाए । अदालतबाट पुँर्जी आएको देखेर रामप्रसादकी दुलही शारदाले तत्काल आफ्नो श्रीमान्लाई फोन गरेर बोलाइन् । किन र के हो भनेर बुझ्न रामप्रसाद हरिबहादुरको फर्ममा पुगे ।

रामप्रसादलाई देखेर हरिबहादुरले भने आफ्ना बाबुआमालाई घर बास र जग्गा बेच्न लगाएर प्लेनबाट काठमाडौँ लैजान्छु भनेर एयरपोर्टमा बेसहारा छोडेर आउने तपाई नै हो । यो कुरा सुनेर तपाईलाई यस्तो गलत कुरा कसले भन्यो । म गृह मन्त्रालयको अधिकृत स्तरहको कर्मचारी हुँ । म माथि यस्तो लाञ्छना किन लगाउनु हुन्छ । तपाईले अलपत्र छाडेर आएको आमाबुबालाई बोलाइदिनु भन्दा रामप्रसाद बोल्न सकेन । कालो अनुहार लगाएर बसिरह्यो ।

तपाईलाई पठाउँदा लेखाउँदा जागिर खुवाउँदासम्म पाईले भने अनुसार घर खेत बेचेर ऋण तिर्नु लगाउनु भयो । अब तपाईले ३ दिनभित्र बाबुआमाको यो नम्बरको खातामा ३० लाख जम्मा गर्नुस् । या घरको कागजात ल्याएर घर बाबुआमाको नाममा गर्नुस् । यो मुद्दा अदालतमा गइसकेको छ । तपाईले यी दुईमा एउटा गर्नै पर्ने हुन्छ । यसमा तपाईको अयोग्य हुनेगरी जागिर पनि जान सक्छ । अब तपाईका बाबुआमा तपाई जस्तो नालायक छोरासँग बस्न चाहानु हुन्न । बाबुआमालाई वेवारिसे बनाउँदा आफै वेवारिसे बन्नु प¥यो ।

हेर रामप्रसाद तिमीले जघन्य अपराध गरेका रहेछौ । वकिलले जे भने त्यो नै ठिक हो । यो घर नै बाबुआमालाई दिएर आफू डेरा गरेर बस । या घर बैंकमा राखेर माडोको रकम बाबुआमाको नाममा जम्मा गरेर यस्तो जघन्य अपरात्रबाट मुक्ति पाउ । तिमी जस्तो मान्छेलाई कसैले केही गर्न सक्दैन । अदालतले यो भन्दा पनि बढी सजाय दिनसक्छ । जागिर पनि जानसक्छ भनेर हिडे । जसले जस्तो गर्छ त्यस्तै फल पाउँछ भनेको साच्चै रहेछ ।