दाङमा सम्पूर्ण कार्यालय खुला गर्न आग्रह

घोराही, १९ असोज । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा विपतको जोखिम नरहेकाले असोज २० गते सोमबारदेखि सम्पूर्ण कार्यालय खुला गर्न आग्रह गरेको छ । आइतबार सुचना जारी गर्दै जिल्लाका सरकारी कार्यालय तथा स्थानिय तहहरुलाई निर्वाध रुपमा कार्यालय खोलेर सेवा प्रवाह गर्न भनेको हो ।

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशमा भइरहेको विपतका कारण दुई दिन सार्वजनिक विदाको घोषणा गरेको थियो । तर बाढी पहिरो जस्ता विपतको जोखिम नरहेको जिल्लामा सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयलाई सुचना जारी गरेको छ ।

दाङमा हालसम्मको अवस्था सामान्य रहेकाले सार्वजनिक सेवाहरु सुचारु गर्न प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आग्रह गर्नु भएको छ ।