जनचेतनाका लागि दुई ५० भन्दा बढीलाई आँखा स्वास्थ्य सेवा

तुलसीपुर, ६ असोज । जनचेतनाको अभावका कारण कोहि कसैले पनि दृष्टी गुपाउन नपरोस भन्ने हेतुले समाजका विभिन्न सरोकारवालाहरुलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा दिएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले दुई महिनामा २ सय ५१ जनालाई आँखा स्वास्थ्य शिक्षा तालिम दिएको जनाएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालको आयोजना तथा दातृनिकाय एन.ए.वी.पी नर्वेको आर्थिक सहयोग विभिन्न स्थानमा तालिम दिएको हो ।

दाङ, रोल्पा, रुकुम पश्चिम , कपिलबस्तु, सुर्खेत र सल्यानमा सामुदायिक विद्यालयका शिक्षक, आमा समुह, महिला स्वास्थ्य स्वंयमसेवीका, हेल्थपोष्ट इन्र्चाज स्वास्थ्य कर्मी र धामीझाँग्रीहरुलाई तालिम दिएको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज बरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत शालीकराम गौतमले जानकारी दिएका छन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विगत देखिनै आँखाको उपचार शल्यक्रिया संगै विभिन्न सचेतनात्म कार्यक्रम गर्दै आएको कार्यक्रमका प्रमुख प्रशासक डा. सम्शेर थापाले जानकारी दिए ।

‘जनचेतनाको अभावका कारण कोहि कसैले पनि दृष्टी गुपाउन नपरोस भनेर हामीहरुले समाजका विभिन्न सरोकारवालाहरुलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा दिने गरेका छौ – थापाले भने ।’ उनले यसले गर्दा अन्धविश्वासका कारण घरमानै उपचार गर्नु पर्छ भन्ने र बस्ने तथा अस्पताल सम्म पहुँच नपुगेकाहरुलाई अस्पताल सम्म पहुँच पु¥याउने गरेको बताए । ‘हामीहरुले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत उपचारात्मक, सचेतात्मक, पुनस्थापन देखि शिक्षात्मक कार्यहरु गर्दै आइरहेका छौं – डा. थापाले भने ।’

त्यस्तै ‘हाम्रो कर्तव्य हाम्रो जिम्ेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मुल नारालाई साकार पार्न स्थानीय पालिकासंगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहिनता अर्थात अन्धोपनको समस्यालाई न्यूनिकरण गर्न प्रत्यक पालिकामा एउटा एकिकृत आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप एकिकृत आँखा उपचार केन्द्रहरु पनि विस्तार गदै आएको र त्यसले पनि आँखा स्वास्थ्यको पहुँच लाई गाउँतह सम्म विस्तार भएको डा. थापाको भनाई छ ।

जस अन्र्गत लमही आँखा अस्पतालले राजपुर गाउँपालिकामा २० जना, महिला स्वास्थ्य स्वंयमसेविका, रोल्पाको लुङ्गी गाउँपालिकामा २० जना आमा समुह, सुनिलस्मृति गाउँपालिकामा २५ जना शिक्षक, ऐरावती गाउँपालिकामा ११ जना धामीझाँग्रीहरुलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम दिएको बताएको छ ।

त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले बुद्धभुमि नगरपालिका कपिलबस्तुमा २५ जना, महिला स्वास्थ्य स्वंयमसेविका, विजय नगरगाउँपालिका कपिलकस्तुमा २० जना आमा समुहहरुलाई तालिम दिएको आँखा स्वास्थ्य कार्यक्रमले जानकारी दिएको छ ।

त्यस्तै राप्ती आँखा अस्पतालले कालिमाटि गाउँपालिका सल्यानमा ३० जना शिक्षक, गुर्भाकोट नगरपालिका सुर्खेतमा ३० जना शिक्षक, २४ जना महिला स्वास्थ्य स्वंयमसेविका, शारदा नगरपालिकाको श्रीनगर सल्यानमा २० जना आमा समुह र बाफिकोट गाउँपालिका रुकुम पश्चिमका २६ जना स्वास्थ्य कर्मीहरुलाई एक दिने आधारभुत आँखा स्वास्थ्य शिक्षा तथा आपङ्गता सम्वन्धी तालिम दिएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जमा बरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत सालीकराम गौतमले जानकारी दिए ।

उनीहरुलाई सचेतनाका लागि आँखामा लाग्ने रोग, त्यसको उपचार तथा आँखाको हेरचाहलगायत अपाङ्गताका प्रकारहरुलगायतका विषयमा प्रशिक्षण दिएको थियो । त्यस्तै उज्यालो अभियान कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरु संग साझेदारी गरि दृष्टिविहिन्तालाई न्यूनिकरण गदै आएको छ ।

नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवन यापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्याउने काम गदै आएको छौ ।