त्रिशिद्धेश्वरी राप्तीले शैक्षिक कागजात निःशुल्क ढुवानी गर्ने

दाङ, ५ असोज । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेडले विद्यार्थीका शैक्षिक कागजात (डकुमेन्ट) निःशुल्क ढुवानी गर्ने भएको छ ।

नेपाल विद्यार्थी संघ दाङको आग्रह बमोजिम भदौको ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेडअन्तर्गतका गाडीहरु विद्यार्थीका शैक्षिक डकुमेन्ट निशुल्क ढुवानी गर्ने निर्णय गरेको हो ।

जिल्लाभित्र वा बाहिर पठाउँदा शुल्क नलाग्ने भन्दै गाडीवालाले नमानेको खण्डमा प्रालीका कल्याणकारी सह–संयोजक हरिप्रसाद भट्टलाई ९८५७८३१६२९ तथा दाङ–काठमाडौं रुटका रुट संयोजक सेवकराम डिसीलाई ९८५७८३४२४७ मा सम्पर्क गर्न समेत प्रालीले आग्रह गरेको छ ।

विद्यार्थीलाई शैक्षिक कागजात यातायातका साधानमार्फत पठाउँदा महङ्गो शुल्क लिने गर्दा विद्यार्थीमा मारमा परेको भन्दै नेपाल विद्यार्थी संघले गएको भदौ २ गते विद्यार्थीका शैक्षिक कागजात निशुल्क ढुवानीको माग गर्दै प्रालीका अध्यक्ष सुरेश हमालललाई ज्ञापनपत्र बुझाएको थियो । सोही पत्रका आधारमा प्रालीले निशुल्क ढुवानीको व्यवस्था गरेको हो ।