स्वस्थ जीवनयापनका उपाय

एकराज शर्मा अधिकारीे

दिनचर्या नै शरीर रक्षा र संसारिक उन्नतीको स्वपान हो । दिनचर्या नियमित नभएकोले आजकाल मानिस रोगी भएका छन् । दिनचर्या भनेको बिहान सबेरै उठ्नु, ईश्वरको स्मरण गर्नु, शुद्ध पानी पिउनु, मलमुत्र त्याग गर्नु, व्याम गर्नु, स्नान गर्नु, शुद्ध भोजन गर्नु, सुत्नेबेला दक्षिण सिरानी गरेर सुत्नु, या पूर्व सिरानी गरेर सुत्नु ।

शारिरीक र मानसिक कल्याणको लागि यी दिनचर्या नियमित हुनुपर्छ । हरेक मानिस सुखको लागि काम गर्छन् । यी उक्त नियमभित्र सुख लुकेको हुन्छ । यसैको नाम हो धर्म र कर्तव्य । सधै पाप कर्मबाट बच्नु पर्छ । पाप, मन, बचन र शरीरबाट हुन्छ । पापबाट नै रोग उत्पन्न हुन्छ । त्यसैले सदाचारको पालना गर्नुपर्छ । सज्जनको आचरणलाई पालना गर्नुपर्छ । जसरी आफ्नो सुखको लागि दिनचर्या गर्छौँ ।

त्यसरी नै राष्ट्र र समाजको लागि पनि ध्यान दिनुपर्छ । आजकालका शिक्षित मानिसमा पनि सदाचारको कमी देखिन्छ । वर्तमान शिक्षाले यो बाटो देखाएको छैन । नित्य व्यवहारमा आउने बस्तुको गुण दोषको पनि वास्ता गर्दैनन् । यदपी अन्तरिक्षका ग्रह ताराहरुको गति पत्ता लगाउन जानेका छन् । मंगल ग्रहसम्म पुग्ने कोशिस गर्दैछन् तर ऋतु परिवर्तनबाट हाम्रो शरीरमा कस्तो कुप्रभाव पर्छ । चन्द्र, सूर्य ग्रहणबाट हाम्रो शरीरमा कस्तो प्रभाव पर्छ ? समुन्द्रको ज्वारभाटाबाट कस्तो प्रभाव पर्छ ? त्यो जानेका छैनन् ।

एकादशीमा भोजन गर्नाले र व्रर्त नबस्नाले कस्तो प्रभाव पर्छ र त्यसलाई धर्म किन भनियो त्यो पनि जानेका छैनन् । त्यसलाई उपहास गरेर अज्ञानको परिचय दिन्छन् । हाम्रा जति चाड पर्वहरु छन् सबै धर्ममा आधारित छन् । आयुवेद शिक्षाद्वारा अनोमोदित छन् । चाहे पित्रृ श्राद्ध होस्, चाहे नवरात्र होस्, चाहे होली होस् त्यसलाई आजकल शिक्षित व्यक्तिहरुले रुढीवाद भन्छन् ।

वास्तवमा यस्तो होइन । यो शिक्षाको अभाव हो । हाम्रो स्वास्थ्य र संस्कार धर्मसँग सम्बन्धित छ । यसको अनादर गर्नु हुँदैन । यो बाल्यकालदेखि नै पालना गर्नुपर्ने हाम्रो कर्तव्य हो । हाम्रो लापरवाहीले रोग उत्पन्न हुन्छ । त्यस्तै प्रकृतिको स्वभाव अनुसार ऋतु परिवर्तन भए झै हाम्रो शरीर पनि परिवर्तन हुन्छ । यसलाई मानिसले रोक्न सक्दैनन् । विज्ञानले क्षणिक परिवर्तन गर्न सके पनि त्यसको गुणलाई परिवर्तन गर्न सक्दैन ।

ऋतु परिवर्तनको प्रभावले हाम्रो शरीरमा पनि प्रभाव पर्छ । त्यसैले ऋतु अनुसार आहारविहार पनि गर्नुपर्छ । बसन्त ऋतु र शरद ऋतुमा विशेष गरेर रोगहरु लाग्छन् । बसन्त ऋतुमा कफले सताउँछ । त्यसैले पुरानो अन्न खानु पर्छ । शरीरमा तेल मालिस गर्नुपर्छ । मह खानुपर्छ । ग्रिष्म ऋतुमा वायुको प्रकोप हुन्छ । त्यसैले मसिनो खानेकुरा खानुपर्छ । वर्षात ऋतुमा पित्त बढ्छ । त्यसको लागि दहीमा नुन राखेर अथवा चिनी मिलाएर खानुपर्छ ।

शरद ऋतुमा पित्त बढ्छ, ज्वरो आउँछ । आयुर्वेद शास्त्रमा त्यसलाई रोगको घर भन्दछन् । यस ऋतुमा हल्का भोजन गर्नुपर्छ । दुधको सेवन गर्नुपर्छ । दिउँसो सुत्नु हुँदैन, कुँवाको पानी खानु हुँदैन । सकबर खोला वा नदीको पानी फिल्टर गरेर खानुपर्छ । दिनमा सूर्यको किरण र रात्रीमा चन्द्रमाको किरण परेको बाहिर सितमा राखेको पानी पिउनु पर्छ । त्यसले कफ, बात, पित्तको दोषलाई हटाउँछ ।

हेमन्त र शिशिर ऋतुमा कफ, बात, पित्त समान रुपमा रहन्छन् । शरीरमा बल बढ्छ । ठन्डी हुन्छ, खाएको भोजन पच्छ । जठराग्निको वृद्धि हुन्छ । जठराग्नि कम भएको बेला बढी खाना खानु हुँदैन । हावा, पानी र भोजन जीवनका अत्यावश्यक तत्व हुन् । हावा दुईथरीका हुन्छन् । एउटा बाहिर चल्ने हावा दोस्रो भित्र चल्ने हावा । वायुले हामीलाई जीवनदान दिन्छ । यो संसार पृथ्वी, जल, तेज, वायुले ढाकेको छ ।

हामी माछो जस्तो भएर बसेका छौँ । यो पृथ्वीको दश मिटर भित्रसम्म हावा छ । त्यसदेखि मुनी हावा छैन । जति–जति माथि गयो त्यति–त्यति हावा पातलो हुन्छ । हावामा चार बस्तु हुन्छन् । अक्सिजन, नाइटोजन, कार्बन र बास्प । हामीले लिने वायु अक्सिजन हो । यो शुद्ध वायु हो । यसमा नाइटोजन पनि मिसिएको हुन्छ । वायुमा एक भाग प्राण वायु हुन्छ । चार भागमा नाइटोजन हुन्छ ।

कार्बन र बास्प थोरै हुन्छ । हामीले अक्सिजन लिन्छौ, कार्बन फाल्छौँ । कार्बन कोइलाबाट उत्पन्न हुन्छ । रुख बिरुवाले अक्सिजन दिन्छ । त्यसैले घरवरीपरी बोट बिरुवा लगाउनु पर्छ । बोट बिरुवाले अक्सिजन दिन्छ । कार्बन गहिरो ठाउँमा हुन्छ । त्यसैले हामीले गहिरो ठाउँमा बालेको बत्ती निभ्छ । कार्बनले बिरुवाहरुलाई पुष्ट गराउँछ । सूर्यको किरणले पानीलाई बरफको रुपमा परिणत गरिदिन्छ । त्यो बादल बनेर पानीको रुपमा बर्सन्छ ।

वायुमा पानीको मात्रा हुन्छ । यो नभए मानिस र बिरुवा बाच्न सक्दैनन् । त्यो स्वस्थ वायु हो । संसारमा अनेक प्रकारका विषहरु छन् । जुन विषले मानिसलाई रोगी बनाउँछ । त्यो अशुद्ध वायु हो । शुद्ध र ताजा वायु नभए हामी रोगी हुन्छौँ । श्वासप्रश्वासबाट निस्केको वायु र सडेगलेको चिजबाट निस्केको वायु, कारखानाबाट निस्केको वायु, बिडि चुरोटको धुवाबाट निस्केको अशुद्ध वायु हो ।

प्रकृति र वनस्पतिले अक्सिजन दिन्छन् । अशुद्ध वायुलाई पनि शुद्ध बनाउँछन् । यिनले कार्बन दिन्छन् । त्यसैले बिरुवाको संरक्षण गर्नुपर्छ । स्वस्थ जीवनको लागि पानीको निकै महत्व छ । आमाको दुधमा पानी तत्व हुन्छ । त्यसैले साना जन्मेका बालबालिकालाई पानी खुवाउनु पर्दैन । आमाको दुध खुवाए पुग्छ । जसरी वृक्ष पानी दिएपछि हाँगा, पात, फलफूललाई पुग्छ ।

त्यसैगरी हाम्रो शरीरमा पनि पानी भए, हामीले खाएको अन्न रगतमा परिणत हुन्छ । शरीरको कुना–कुनामा पुग्छ । पानी कम भए रगत जम्छ । उस्तै भए मर्ने सम्भावना पनि हुन्छ । त्यसैले स्वस्थ जीवनयापन गर्नको लागि दिनचर्या हावा, पानी र आहारविहारमा विशेष ध्यान दिनुपर्छ । अध्यात्मिक दृष्टिबाट पनि वायुलाई पाँच भागमा बाँडिएको छ ।

प्राण, अपान, व्यान, उदान, समान वायु यी हाम्रा शरीरमा रहेका हुन्छन् । यसका अतिरिक्त अन्य पाँच वायु छन् । नाग, कुर्म, क्रिकल, बैश्वानर र धननजय यी पनि वायु हुन् । प्राण वायुले श्वासप्रश्वास फेर्ने काम गर्छ । अपान वायु अधोद्धारबाट निस्कन्छ । व्यान वायुले खाएको तत्वलाई अलग–अलग गर्ने काम गर्छ । उदान वायुले पकाउने काम गर्छ, समान वायुले सारा अंग–अंगमा खाएको रस पु¥याउने काम गर्छ ।
त्यसलै भगवान् कृष्णले भन्नुभएको छ– गीताको १५औँ अध्यायमा भन्नुभएको छ– अहं वैश्वानरो भुत्वा प्राणीनां देह माश्रितं । पाणापाण समायुत्तं् प्रचन्यान्यंं चर्तुविधम । यी चार प्रकारका वायुले खाएको अन्न पचाउने काम गर्छन् । त्यसैले स्वस्थ जीवनयापनको लागि आहारविहार, खानपिनमा ध्यान दिनुपर्छ । नियमित योग गर्नुपर्छ ।