calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

जुरुजजुर माविको उन्नयनका लागि बहुपक्षीय छलफल

तुलसीपुर, ९ भदौ । तुलसीपुर–४ रक्षाचौरस्थित जुरुजजुर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर र भौतिक विकासका लागि बहुपक्षीय समन्वय छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीबीच क्षमता अभिवृद्धि, आपसी सम्बन्ध सुदृढीकरण र विद्यालयको समग्र विकासमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया समेत भएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा जिल्ला शिक्षा समन्वय इकाई घोराहीका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

विद्यालयकी प्रधानाध्यापक विष्णुकुमारी केसीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालयको विकासका लागि सबै पक्षको समान भुमिका आवश्यक रहेको बताइन् । सहायक प्राध्यापक प्रमोद न्यौपानेले छलफलले भावी कार्ययोजना बनाउन सहयोग पुग्ने धारणा राखे ।

शिक्षक टेकमान थापाले कार्यक्रममा सहभागितामार्फत आपसी परिचय र सम्बन्ध अझ मजबुत भएको बताए भने समिति सदस्य ताराप्रसाद पोख्रेलले छलफल प्रभावकारी भएको टिप्पणी गरे । प्रमुख अतिथि चौधरीले विद्यालयमा शेयरिङ, हेरीङ, सिकाइ र कार्यान्वयनका माध्यमबाट निरन्तर समन्वय र सहकार्य आवश्यक हुनेमा जोड दिएका थिए ।

करिब एक सयभन्दा बढी शिक्षक, कर्मचारी, अभिभावक र समितिका पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा सहजीकरण शिक्षक लेवेन्द्र केसीले गरेका थिए ।