दाङ, ८ भदौ । घोराही उप महानगरपालिका वडा नं १८ स्थीत ब्रहमचारी टोल बिकास संस्थाको २५ बार्षिक साधारणसभा तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तिलक कुवरको अध्यक्षता तथा वडा न १८ का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गाउँ सुरक्षा समिति अध्यक्ष पूर्णबहादुर मल्ल, स्माल टोलका अध्यक्ष मधुसुदन अर्याल, रझेना टोल विकास संस्थाको अध्यक्ष कमल गौतम, राष्ट्रिय कलाकार कमल गाउँले, कालिका भगवती मन्दिरका अध्यक्ष कुमानन्द कुँवर, मसिना टोल विकास संस्थाका अध्यक्ष देवा पाण्डेलगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रममा संस्थाले २०८१ को एसइईमा उत्कृष्ट टोलका मन्जित अर्याल, संस्थामा वर्षभरीको ऋण कारोबारमा उत्कृष्ट आशा चौधरीलाई सम्मानित गरेको थियो । संस्थाका कोषाध्यक्ष सूर्यबहादुर घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालक संस्थाका सचिव मुकेश भुसालले गरेका थिए ।