यसबर्षको बुद्ध जयन्ती फरक ढंगले मनाइयो ।

कोरोनाका कारण जारी गरिएको लकडाउनले गर्दा भिडभाड नगरेरै मनाइएको यो बर्षको बुद्ध जयन्तीमा आम नेपालीले घर घरमा दिप प्रज्वलन गरेका थिए ।

सरकारले मन्त्रिपरिषदको निर्णयको आधारमा यस्तो आह्वान गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ-आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोध गरेका थिए ।
