दाङ,२८ साउन । रोल्पा परिवर्तन समाज सेवा समिति दाङ तदर्थ समिति गठन गरिएको छ । परिवर्तन गाँउपालिकाबाट बसाईसराई गरी दाङका विभिन्न ठाउँमा बसोवास गर्नेहरुको बुधवार घोराहीमा भएको भेलाले समाजका जेष्ठ नागरिक लोककुमार श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको सहसंयोजकमा जकदेवप्रसाद पुन रहेका छन् । त्यसैगरी सदस्यहरुमा कैलाश रोकामगर, हरि डाँगी,उपेन्द्र बुढा,बेगमप्रसाद बुढामगर, मनिषा पुन, लालकुमारी बुढा मगर र पूर्णबहादुर बुढा मगर रहेका छन् ।
साथै भेलाले तदर्थ समिति गठन गरी समितिले विधान सम्मत तोकिएको अवधिभित्र आम भेलाको आयोजना गरेर विधान पारित गराई दर्ता प्रक्रिया गर्ने निर्णय गरेको सदस्य कैलाश रोकामगरले जानकारी दिएका छन् । उनका अनुसार तदर्थ समितिले असोज महिनाभित्र सम्पूर्ण तयारी पुरा गरेर अधिवेशन गर्ने निर्णय गरेको छ ।