गोरक्ष समाचारदाता
दाङ, २१ साउन । समयको विकाससँगै मानिसको चाहना मिठो खाने, नयाँ लुगा लगाउने र रमाइला ठाउँहरू घुम्नेमा मात्र सिमित हुँदैनन् । पछिल्लो समय व्यक्तित्व निर्माणमा फरक पहिचान दिलाउने पहिरन र बोल्ने शैलीसँगै हेयर स्टाइल र फेस लुक्समा पनि ध्यान जान थालेको छ ।
हेयर स्टाइल र फेस लुक्सलाई राम्रो बनाउनका लागि बजारमा हेयर कटिङ सेन्टरसँगै व्युटिपार्लर खुल्दै आउका छन् । तिनैमध्येको घोराहीमा रहेको हेयर स्टाइल र फेस लुक्स बनाउने ठाउँ हो, ‘जिरो ८२ हेयर एण्ड ब्युटी युनिसेक्स सलुन’ । विगत तीन बर्षदेखि घोराहीको न्युरोडमा सञ्चालन भइरहेको जिरो ८२ हेयर एण्ड ब्युटी युनिसेक्स सलुनमा पुरुष तथा महिलाको हेयर स्टाइल, फेस लुक्स बनाउनेदेखि सिक्न चाहनेका लागि तालिम समेत दिने गरिएको छ ।
सामन्य कपाल काट्ने तथा व्युटिपार्लर पसलभन्दा फरक रुपमा डेकोरेसन समेत गरेर जिरो ८२ हेयर एण्ड ब्युटी युनिसेक्स सलुन निर्माण गरिएकाले नयाँ पुस्ताका युवायुवतीको रोजाइमा पर्ने गरेको सञ्चालक सुरेश बुढाथोकी बताउँछन् । उनका अनुसार फेसवास, हेयर कटिङ, कलर लगाउनका लागि बढी मात्रमा आउने गरेका छन् । करीब ७० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको जिरो ८२ हेयर एण्ड ब्युटी युनिसेक्स सलुनमा पुरुषको कपाल काटेको न्यूनतम तीन सय र महिलाको कपाल कटेर मिलाएको पाँच सयदेखि माथि डिजाइन अनुसार लाग्ने सञ्चालक बुढाथोकी बताउँछन् ।
जिरो ८२ हेयर एण्ड ब्युटी युनिसेक्स सलुनबाट मानिस ६ देखि सात लाखसम्म आम्दानी गरिरहेका सञ्चालक बुढाथोकीले सलुनमा सात जना महिला पुरुषलाई रोजगारी समेत प्रदान गरेका छन् । आफुले एक्लै नभ्याउने भएकाले कपाल काट्ने,मिलाउनेदेखि फेसवास गर्नका लागि सात जनालाई रोजगारी दिएर राखेको बताउँछन् । उनका अनुसार अन्य महिनाहरुमा ६ देखि ७ लाखसम्म आम्दानी हुने गरेपनि भदौदेखि मंसिरसम्म महिनामै १२÷१३ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् ।