दाङ,२४ बैशाख । घोराहीमा मिनी ट्रक अनियन्त्रित भएपछि एक गोदाममा क्षेती पु¥याएको छ । घोराही उपमहानगरपालिका वडा नं.१४ स्थीत संगम टोलमा रहेको फलफुल गोदाममा फलफुल लिन पुगेको रा १ ख १६१४ नम्वरको मिनी ट्रक अनियन्त्रित हुदा जस्तापाताको गोदामभित्र छिरेको प्रहरीले जानकारी दिएको छ ।

फलफूल लोड गर्न पुगेको मिनी ट्रकले संगल टोल निवासी सुनिल थापाको पर्खालमा ठोक्किएर घरबाहिर बनाइएको टहराको जस्तापातामा क्षति पुर्याएको हो ।
टोल विकास समितिको रोहवरमा क्षति भएको पर्खाल मर्मत गरिदिने गरी सहमति भएको छ ।