दाङ, १५ असार । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले एसइईपरिक्षा–२०८१ मा ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने १४ जना विद्यार्थीहरुलाई जनही ११ हजार रुपैयाँका दरले र अन्य विद्यार्थीहरुलाई पनि आकर्षक उपहारसहित विद्यार्थी प्रोत्साहन पुरस्कार बितरण गरिएको हो ।
विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि विद्यालय सञ्चालक समितिको निर्णय अनुसार ३ दशमलव ६० भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई जनही ११ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए । शैक्षिक बर्ष–२०८२ को एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २ लाख ५१ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार दिने निर्णय भएको समेत प्रवन्ध निर्देशक शर्माले बताए ।
अस्ति शुक्रबार असार १३ गते सार्वजनिक एस।इ।ई परीक्षाको नतिजामा ज्योतिपुञ्जका १४ जना विद्यार्थीहरुले ३ दशमलव ६१ देखि ३ दशमलव ९६ जिपिए, २२ जना विद्यार्थीहरुले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए, ४ जना विद्यार्थीहरुले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए र ३ जना विद्यार्थीहरुले २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए ल्याएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एवं प्रालिका अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, ज्योतिपुञ्ज मोडेल इङ्लीस स्कूल रामपुरका प्रिन्सिपल शिव भण्डारी, एसइई परीक्षामा विद्यालयबाट सवैभन्दा धेरै जिपिए ल्याउने भिजन डाँगीलगायतकाले परीक्षामा सफल हुने विद्यार्थीलाई शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक तुल्सीप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा एसइई परीक्षामा पास हुने विद्यार्थीहरुलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो भने १र१ केजिका दरले उपहार स्वरुप मिठाई उपलव्ध गराईएको थियो ।
उक्त कार्यक्रममा आफ्नो बिषयमा सवै भन्दा बढी जि।पि।ए ल्याउने विद्यार्थीहरुलाई बिषय शिक्षकले आफ्नो तर्फबाट पनि नगद पुरस्कार प्रदान गरेका थिए । विद्यालयले २०८२ को एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई २ लाख ५१ हजार रुपैंया नगद पुरस्कार प्रदान घोषणा विगतका वर्षहरुदेखिनै गर्दै आईरहेको छ ।