हेमराज शर्मा
दाङ, १४ असार । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लामा रगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भनि संस्थाको १८ ओै स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवन दान भन्ने मूल मान्यतालाई आत्मसात गर्दै रक्तदान गरिएको सस्थाले जनाएको छ । नेपाल रेडक्रस सोशाईटी,रक्त सञ्चार केन्द्र घोराहीको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा इशेवरी प्रसाद आचार्य,टिकाराम पौडेल,कमल थपलिया,कोमलराज पाण्डे,संतोष केसी,श्रीकान्त अधिकारी,युवराज थपलिया,ध्रुवराज पौडेल,आकास गुप्ता,चेतनाथ पाण्डेय,जीवन महरा,गेहेन्द्र वस्नेत,निवेश खनाल,गायत्रा खनाल,सरिता बुढाथोकी,चन्द्रप्रभा पुन,दामोदर पौडेल,प्रविन पन्थी,सरोज आचार्य,शालिकराम खनाल,प्रकाश अधिकारी,शरद चौधरी,गिरिराज पाख्रेल,तेज बहादुर रावत, काशिराम पाण्डे, लक्ष्मण शर्मा, बिक्रम अधिकारी र केशव खड्काले रक्तदान गरेका हुन ।
संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा शिववस्ति टोल विकास संस्थाका अध्यक्ष किशोर आचार्यको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघमा केन्द्रीय सचिव सविन प्रियासनको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । स्थापना दिवसकै अवसर पारेर शुक्रबार घोराही ६ स्थित जनकल्याण प्रावि लखवारमा ३५ जनालाई विद्यालय पोसाक र ३६ जनालाई कापी वितरण गरिएको थियो । रक्तदान कार्यक्रमको सञ्चालन संस्थाका सचिव विमल योगीले गरेका थिए ।