सधै कर्ममा विश्वास गर्छन् । सिराहको सुखिपुर नगरपालिका–१ मा जन्मिएका ओम यादवले अहिले कर्मथलो दाङ बनाएका छन् । जिज्ञासु, नयाँ–नयाँ खोज अनुसन्धानमा रुची राख्ने ओम यादवको सानैदेखिको रुची तथा चाहना मेडिकल लाइन पढेर जनताको सेवा गर्ने थियो ।
त्यही चाहना अनुसार उनले एमविविएस पढ्नका लागि तयारी गरे । त्यसको तयारी गरे तापनि उनले एमविविएसमा नाम नआएपछि अप्टोमेट्रिक्स विषय लिएर बढेको सुनाए । ‘एमविविएसको फारम मा अप्टोमेट्रिक्सको विषय पनि उल्लेख थियो मैले त्यही यो विषय पढाइ हुने रहेछ भन्ने थाहा पाए’ यादवले भने ।
अप्टोमेट्रिक्स विषय पढेर विगत एकदर्शक अघिदेखि (दृष्टि विशेषज्ञ) को रूपमा आँखा जस्तो सम्बेदन क्षेत्रमा काम गर्न पाउँदा उनले आफू खुसी भएको सुनाए । हकी स्वभावका यादव सधै खुसीका साथ सेवाग्राहीहरूको सेवामा तल्लीन हुने गरेका छन् । उनका खुसीका पलहरू खोज्दै गर्दा यादवले जीवनको उकाली ओरालीमा सुखदुःख सबै भोगेको बताउँछन् ।
यादवले जीवनमा पहिलो खुसी एसएलसी पास भएको दिनलाई सम्झिए । उनका खुसीहरू धेरै छन् तर तत्कालीन फलामे ढोका भनेर चिनिने एसएलसी पास हुँदा आफू निकै खुसी भएको सुनाए । २०६० सालमा जनता मावि सुखीपुर सिराहबाट एसएलसी दिएका ४३ जनामध्ये ३ जनाले प्रथम स्थान हासिल गरेका थिए । त्यसमा आफू पनि एउटा भएको उनले सुनाए ।
‘त्यति बेलाको एसएलसी त्यसमा पनि ३ जना हामीहरू प्रथम श्रेणीमा एसएलसीमा पास भएका थियाँै, म त्यस दिन निकै खुसी भएको थिए’ दृष्टि विशेषज्ञ यादवले भने । उनले १७ किलो मिटर साइलक चढेर एसएलसीको रिजेल्ट हेर्न गएको र आफू प्रथम डिभिजनमा पास भएको थाहा पाएपछि साइकल छोडेर खुसीले घर दौडिएको यादवले सम्झिए ।
‘आफूले चलाएर लगेको साइकल मैले छोडेर खुसीले म साइकल त्यही छोडेर हिडेको थिए, बिचमा बुवाले मोटरसाइलमा मलाई घर पु¥याउनु भयो आफै भन्नुहोस् म त्यस दिन कति खुसी थिए होला’ यादवले भने । त्यस्तै उनले अर्को खुसी अप्टोमेट्रिक्स विषय पढेर राप्ती आँखा अस्पतालमा जागिर खादा भएको सुनाए । सन् २०१२ मा नेपाल नेत्रज्योति संघ, छन्द (कालेबाबु) नारायणी बहादुरगञ्जबाट जागिर सुरु गरेको उनी बताउँछन् ।
‘मलाई भारतको कोलकतामा अप्टोमेट्रिक्स पढेर सकेपछि त्यही पनि जागिर मिलेको थियो त्यतिबेलाको पैसा पनि धेरै दिएको थियो तर त्यो सुविधा छोडेर म यही नेपालमा सेवा गर्छु भनेर यहाँ आय म त्यसमा पनि खुसी छु’ यादवले भने । उनले पहिलो पटक यहाँ आएर बच्चाको डेढो आँखाको जाँच सेवा सुरु गरेको बताए ।
‘मैले यहाँ बच्चाको आँखा डेढो भएको उपचार सेवा दिन पाए अहिले पनि धेरैजनाले मलाई धन्यवाद दिनुहुन्छ बच्चाको डेढो आँखाको सुधार भएका धेरै उदाहरण छन्’ यादवले भने । उनले एउटा आँखा डेढो छ भने त्यो आँखा अल्छी भएर बस्ने र विस्तारै दृष्टिमा कमी आउँने भएकाले त्यस्ता धेरै बच्चाको अल्छी भएको आँखामा सुधार आएको बताए ।
त्यस्तै यादवले अर्को खुसी आफूले जागिर खाएर पहिलो कमाई बुवाको हात पार्दा लागेको सुनाए । ‘मैले जागिर खाएर पाएको पहिलो कमाई बुवाको हात पार्नको दिन पनि म खुसी भएको थिए, त्यो पनि मेरा लागि अर्को खुुसीको पल हो’ यादवले भने । उनले अर्को खुसी हजारौँ सेवाग्राहीलाई उपचार सेवा दिन पाउँदा लागेको सुनाए ।
‘मैले जागिर खाएको करिब १३ वर्ष बढी भयो मैले हजारौँ सेवाग्राहीलाई सेवा दिए उहाँहरूको सन्तुष्टी नै मेरो खुसी हो’ यादवले भने । यादवले एक पटक सेवा लिएर गएको सेवाग्राहीले फेरि सेवा लिन आउँदा आफूलाई खोज्ने गरेको सुनाए ।
त्यस्तै नेत्रसहायक तथा अन्य आँखा सम्बन्धी कक्षामा पढाउने गरेका दृष्टि विशेषज्ञ यादवले आफूले धेरैलाई शिक्षा दिन पाउँदा पनि खुसी लागेको सुनाए । ‘मैले पढाएको विद्यार्थीले विभिन्न ठाउँमा सेवा दिनुभएको छ उहाँहरूले मलाई सम्झनु हुन्छ त्यसमा पनि खुसी लाग्छ’ यादवले भने । यादवले अर्को खुसी आफूलाई आफ्नो परिवारले साथ सहयोग गरेकोमा व्यक्त गरे ।
उनले अर्को खुसी घरमा पहिलो सन्तान जन्मदा पनि लागेको सुनाए । ‘मेरो घरमा पहिलो सन्तान छोरा जन्मियो त्यस दिन पनि खुसी भएको थिए, अब जिम्मेवारी बढ्यो भन्ने मलाई त्यतिबेला लागेको थियो ।’ यादवले संघर्ष पछि सफलता हात पर्ने सफलतामा नै मानिस खुसी हुने बताए । उनले सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रवाह गरी उनीहरूलाई सन्तुष्टी दिन पाएकोमा पनि खुसी मिल्ने गरेको सुनाए ।
प्रस्तुति : बालाराम खड्का