नाकामा ‘हेल्थ डेस्क’, पास बिनाका गाडीलाई कारवाही
गोरक्ष समाचारदाता
दाङ, २२ बैशाख । नेपालगञ्जमा एकै पटक ‘कम्युनिटी ट्रान्सफर्मेशन’को तहमा कोराना संक्रमितको संख्या बढेपछि त्यसबाट बाँके जिल्लासँगै छरछिमेकका जिल्लाहरु सतर्क बनेका छन् । एकजना संक्रमित देखिएको खबरसँगै दाङमा सतर्कता बढाइको थियो । त्यो संख्या बढेर दुई दिनमै १६ पुगेपछि सोमवार दाङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्यो र जिल्लामा प्रवेशलाई कडा बनाउने निर्णय लियो ।
विपद् व्यवस्थापन समितिको निर्णयानुसार अब दाङमा इजाजत लिएका वाहेक कुनै पनि सवारी साधनले मानिस ओसारपसार गरेको पाइएमा कारवाही हुने छ भने पूर्वमा कालाकाँटे, राजमार्गको पश्चिममा अमिलिया र पश्चि हंशपुरमा हेल्थडेस्क निर्माण गरिने छन् । सुरक्षाकर्मी सहितका ती हेल्थ डेस्कहरुमा कोही मानिस जिल्ला प्रवेश गर्न थालेको भए उसको स्वास्थ्यको जाँच समेत गरिने छ । केही शंका लागेमा क्वारेन्टाइनमा पठाउने सम्बन्धमा पनि सो हेल्थ डेस्कले सुझाउने छ । यसैगरी राजमार्गको पश्चिममा पर्ने शिव खोला, पूर्वमा धानखोलामा प्रहरी युनिट राखेर प्रवेशमा कडाई गर्ने निर्णय पनि समितिले गरेको छ । ‘यो जिल्ला सिल नै गरेको अवस्था त होइन, तर अब जिल्ला प्रवेशमा भने कडाई बढाइने छ’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका साहयक सिडियो गञ्जबहादुर एमसीले भने– ‘अब रातिमा पनि सवारी साधन हिड्न पाउने छैनन् ।’ खाद्यान्न, तरकारी, ग्यास, औषधि, पानी बोकेका साधन र विरामी बोकेका वाहेकका सवारी साधनको हकमा यो निर्णय गरिएको हो ।
यसैगरी धार्मिक संस्थाहरुमा बस्ने भक्तजन तथा अन्य शंकास्पदहरुको पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । यसैगरी उद्योगहरुमा रहेका भारतीय मजदुरहरुलाई उद्योगभित्रै रहने व्यवस्था मिलाउन उद्योग सञ्चालकहरुलाई बैठकले निर्देशन पनि दिएको छ । जिल्लामा रहेका सिमेन्ट उद्योगहरु र इटा उद्योगहरुमा रहेका मजदुर र कर्मचारीको अवस्था बुझ्नका लागि अनुगमन टोली खटाउने निर्णय पनि आजको बैठकले गरेको छ ।
अत्यावश्यक वस्तुको आयातका लागि र केही विशेष अवस्थामा दिइएको पास वाहेक कसैलाई सवारी साधन नचलाउन बैठकले आग्रह पनि गरेको छ । ‘पास बिना सवारी साधन चलाएर मान्छे बोकेको पाइएमा अब कारवाही हुनेछ’ साहायक सिडिओ एमसीले भने– ‘अब यस्तो कडाई त जिल्लाभित्रका सबै सहरहरु तथा पालिकाहरुमा पनि हुन्छ ।’ जिल्लाको उत्तरी नाकाका बारेमा अलग्गै निर्णय नदिए पनि कणार्ली प्रदेशले आफ्नो प्रदेशका नाका प्रवेशमा रोक लगाएपछि कपुरकोटा हुँदै उत्तर जानेहरु अब तुलसिपुरमै रोकिनुपर्ने अवस्था आउने छ । निर्णय कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयदेखि स्थानीय तहहरुलाईसम्म पत्र पठाइएको जानकारी पनि उनले दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले यसपूर्व नै जिल्लाका धार्मिक केन्द्रहरुको संख्या र त्यहाँ बस्ने मानिसहरुको आँकडा लिइसकेको छ । यसैगरी बाहिरबाट आउनेहरुको लगत लिने काम पनि यसपूर्व नै सुरु गरिसकेको जानकारी दिएको छ ।
पनको बैठक बसेको हो