पतन्जली योग साधना केन्द्रको ८ औँ बार्षिकोत्सब

घोराही, १५ जेठ । शिवपार्बती राधाकृष्ण पतन्जली योग साधना केन्द्र घोराही उपमहानगरपालि–१७ गुलरिया दाङको ८ औ बार्षिकोत्सब तथा सत्सङग कार्यक्रम सम्पन्न भएको छ ।

साधना केन्द्रकी अध्यक्ष भगवती शर्माको सभापतित्व तथा पतन्जली योग समितिका दाङ जिल्ला प्रभारी उदयबहादुर डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका बक्ताहरुले मानव जीवनको लागि योग अपरिहार्य भएको भन्दै स्वस्थ र आनन्दमय जीवन बिताउन योगसँग जोडिनै पर्ने बताएका थिए। योग साधकहरुको सफा सेतो पहिरन जस्तै मन पनी सफा हुनुपर्ने भन्दै सहभागी बक्ताहरुले समाजलाइ सकारात्मक बाटोमा हिडाउनका लागि समेत सबैले योगको महत्व बुझ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पतन्जली योग समितिका दाङ जिल्ला कोषाध्यक्ष कोमा रावत, घोराही नगर प्रभारी तोयानाथ योगी , घोराही नगर महिला प्रभारी बसन्ता भन्डारी, घोराही नगर सचिब निमानन्द रिजाल,हरिहर साधना केन्द्रका अध्यक्ष तिलक ओली,शुभलक्ष्मी साधना केन्द्रका अध्यक्ष यज्ञनिधि खनाल, सिरिडी साइ साधना केन्द्रका अध्यक्ष जिबराज पोख्रेल, राप्ती साधना केन्द्रका प्रतिनिधि जानेन्द्र गौतम, मन्दिर ब्यबस्थापन समितिका सचिब गोबिन्द, गोराथोकी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साधना केन्द्रका सचिब कमलमणि पोख्रेलले साङगठनिक प्रतिबेदन र कोषाध्यक्ष रुक्मांगद पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित भेलाले आगामी कार्यकालको लागि कमलमणि पोख्रेलको अध्यक्षतामा नया ँनेतृत्व समेत चयन गरेको छ । जसको उपाध्यक्षमा टेका अर्याल,सचिबमा रुक्मांगद पौडेल,कोषाध्यक्षमा कमला भुषाल , शोसल मिडिया प्रभारिमा यमुना गैरे र सदस्यमा कमला अधिकारी रहेका छन् । यसैगरि सल्लाहकारमा भगवती शर्मा, भरतमणी अधिकारी र बुद्दिकला पोख्रेल चयन भएका छन् । साधना केन्द्रका नुमलाल पान्डेयको स्वागत् मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका खडग शर्मा पौडेलले गरेका थिए ।