शिवशिखर सहकारीले भाडामा लिएको घर खाली, म्याद नाघेका सामान नष्ट

शरद रेग्मी
तुलसीपुर, ९ जेठ । शिवशिखर बहुउद्देश्य सहकारीका संस्थाले तुलसीपुरमा भाडामा लिएको घर खाली गरिएको छ । घरधनी प्रकाश लामिछानेले दिएको निवेदनका आधारमा उक्त घर शुक्रवार बिहान ८ बजे खाली गरिएको हो ।

शिव शिखर सहकारीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रशासन कार्यालय, तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर उपमहानगरपालिका र ५ नम्बर वडा कार्यालयका प्रतिनिधिको रोहबरमा भवन खाली गरिएको प्रहरीले जनाएको छ ।सहकारीले २०७९ देखि गार्डेन मार्ट संचालनमा ल्याएको थियो । सहकारी संचालक र कर्मचारीले तुलसीपुरबाट लाखौ रकम कुम्ल्याएर भागेपछि २०८१ वैशाख २३ गतेदेखि बन्द भएको थियो । मार्ट भित्र रहेका म्याद नाघेका दुई गाडी सामान नष्ट गरिएको र म्याद भएका र काम लाग्ने उपभोग्य वस्तु र सामानहरू सुरक्षित रुपमा राखिएको सहकारीका प्रतिनिधि डमरु दाहालले जानकारी दिउका छन् ।

घरधनी लामिछानेले २०७९ देखि हालसम्म घरभाडा वापत करिब ३६ लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेका छन् सहकारीलाई घर भाडामा दिए वापत मासिक एक लाख २० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भएको लामिछानेले बताए । सहकारीलाई २०८० भदौ २५ गते समस्या ग्रस्त घोषणा गरिएको थियो ।समस्याग्रस्त शहकारी ब्यबस्थापन समिति, तुलसीपुर उपमहानगरपालिका, स्थानीय प्रशासन, तुलसीपुर उधोग बाणिज्य संघ, वडा नम्बर ६ का जनप्रतिनिधिलगायतको रोहबरमा मुल्याङकन गरि मुचुल्का समेत गरिएको बाणिज्य संघका अध्यक्ष बिनिल केसीले जानकारी दिएका छन् ।