तुलसीपुर, ७ जेठ ।दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्रराज लामिछाने नियुक्त भएका छन। तुलसीपुर–५ निवासी लामिछाने सञ्चार उद्यमीसमेत हुन। उनले विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार प्रदेशभर रहेका १४ वटा सरकारी अस्पताल विकास समितिमा सत्तारुढ दुई दलबीचको सहमतिअनुसार एमालेले ७ र नेपाली कांग्रेसले ७ वटा अध्यक्षको जिम्मेवारी पाएका छन्। सोही अनुसार लामिछाने नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।
सरल र मिलनसार स्वभावका लामिछानेले रेडियो तुलसीपुर सञ्चालक समितिका महासचिव, मानव अधिकार तथा शान्ति समाज, रोटरी क्लब, जेसिज, नेविसंघ, नेपाल तरुण दल लगायतका संघसंस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। तुलसीपुर–११ बेलगनार स्थायी बासिन्दा लामिछाने हाल तुलसीपुर–६ मा बसोबास गर्दै आएका छन्।